प्रेम दिवश लक्षित ‘माई भ्यालेनटाइन’को भिडियो सार्वजनिक (भिडियो सहित)



‘माई भ्यालेनटाइन’ अर्थात मेरो भ्यालेनटाइन । शीर्षक नै काफी छ कि यो पक्कै एउटा प्रेमकथा हो । १४ फेब्रुअरी अर्थात प्रणय दिवशलाई लक्षित छोटो फिल्म हो, ‘माई भ्यालेनटाइन’ । ‘भ्यालेनटाइन–डे’ लाई युवापुस्ता भनौं वा प्रेमजोडीले महत्वका साथ लिइरहेका बेला यो फिल्म सार्वजनिक गरिएको हो ।

एउटा प्रेमकथा हो ‘माई भ्यालेनटाइन’ । तर, कस्तो प्रेमकथा ? हेर्दै जाँदा तपाईँमा प्रश्न उठ्न सक्छ । तपार्इंलाई रिस पनि उठ्न सक्ला कि ? किनकि, यो एउटा यस्तो प्रेम जो आमासँग तुलना गरिएको छ ।

तपाइँ आफै सोच्नुस् कि, आफ्नी आमासँग प्रेमिकासँग तुलना गर्नु न्यायोचित हो कि होइन ? हुन त यो आधुनिक समयमा केटीहरु के सम्म सोच्छन् भने ‘मेरो प्रेमीले उनकी आमाभन्दा मलाई महत्व देओस् ।’

यो भ्यालेनटाइन कथा यसैमा केन्द्रित छ, जसले धेरैलाई एकपटक सोच्न बाध्य बनाउँछ । तर, सबै प्रेमी त्यस्ता हुँदैनन्, जो प्रेमिका लागि आमालाई ओझेलमा राख्न सकोस् किनकि आमा जो संसारकै सबैभन्दा ठूलो ममताकी खानी हुन् ।

तर, यहाँ बदलिँदो जमानामा आमाभन्दा ठूलो प्रेमी वा प्रेमिका भन्नेहरु पनि नहोलान् भन्ने होइन । अरु जे भएपनि यो फिल्म हेरेपछि एउटा बहस भने पक्कै सिर्जना गर्नेछ । यस फिल्मको परिकल्पना तथा निर्देशन गीतकार तथा मोडल दर्पण राईले गरेका हु्न ।

फिल्ममा दर्पणसँगै मोडल सम्झना राईले अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्