जान्नुहोस् ! जापानी महिलाहरुको सुन्दरताको राज



सुन्दा आश्चर्य लाग्न सक्छ तर कुरा सही हो । आफ्नो दैनिकी तथा रहनसहनमा विशेष ध्यान पुर्याउने भएकाले जापानी महिलाहरु आफ्नो ढल्किदो उमेरमा पनि बुढी तथा मोटी हुँदैनन् ।

शरीरको तौललाई अनावश्यक रुपले बढ्न नदिई आफ्नो फीगरलाई मेन्टेन गर्न सक्ने महिलाहरुका बारेमा कुरा गर्नुपर्दा जापानी महिलाहरुलाई संझिने गरिन्छ । शरीरलाई भद्दा तथा अनावश्यक रुपले फराकिलो हुन नदिन जापानी लगायत एसियन महिलाहरु अग्रपंक्तीमा पर्दछन् ।

यसबारेमा एकजना हास्यकलाकारको भनाइ सापट लिने हो भने, उनका अनुसार, ‘एसिएन महिलाहरु बुढी हुँदैनन् ।’

ती हास्यकलाकारले अरुलाई रमाईलो प्रदान गर्न यस्तो भनेका भने होइनन् । उनको भनाई शतप्रतिशत सत्य छ ।

जापानमा पुरुषहरुको अनुपातमा त्यहाँका महिलाहरुको आयु लामो हुन्छ र लामो आयु जिउने विषयमा जापानी महिलाहरुले धेरै विश्व रेकर्डहरु कामय गरिसकेका छन् । यस विषयमा नयोमी मोरीयामाले ‘जापानीज वुमन डन्ट गेट ओल्ड अर फ्याट’ विषयमा एउटा पुस्तकनै प्रकासित गरेका छन् ।

त्यसो भए जापानी महिलाहरु सधैं फिट तथा जवान देखिनका लागि के गर्छन त?

पहिलो स्थानमा आउँछ वंशानुगत । त्यसपछि दैनिक खानपान जसलाई विज्ञहरुले सर्वोतकृष्ट पौष्टीक नामाकरण गरिदिएका छन् । जापानी महिलाहरुको खानपानबाट हामीले पाठ तथा जानकारी लिन आवश्यक छ ।

जापानी महिलाहरुले प्रयोग गर्ने यी सर्वोत्कृष्ट खानेकुराहरु

१. माछा
२. समुद्री सब्जी
३. सोया
४. चामल तथा भात
५. फलफुल
६. हरियो चिया

समुद्री सब्जीमा मिनरल र भिटामीनको मात्रा अत्यधिक रुपमा आबद्ध हुन्छ । माछामा ओमेगा ३ फ्याटी एसिडको मात्रा अत्यधिक रहन्छ । ओमेगा ३ ले छालाको चमकलाई यथावत तथा तन्द्रुस्त राख्ने काम गर्छ । यसमा विषादी नाशक तत्वको मात्रा पनि अधिक रुपमा आवद्ध हुन्छ जसले क्यान्सर र चाउरीपना बिरुद्ध लडने काम गर्छ । यसमा अलजाइमर रोग बिरुद्ध लड्न सक्ने क्षमता पनि यथेष्ट मात्रामा हुन्छ ।

हरियो चियामा रहेको कफिन भन्ने तत्वले पनि छालामा चाउरीपना आउन दिदैन ।

चामल तथा भातमा प्राप्त हुने फीटोसेरामाइड भन्ने तत्वले छालाको बाहिरी भागमा सुरक्षा प्रदान गर्छ ।

प्रायजसो जापानी महिलाहरु अझैपनि आफ्नो खाना घरमै पकाउँछन् र आफ्नो खानामा चिनिको मात्रा सून्य बराबर प्रयोग गर्छन् । चिनिको मात्रा धेरै सेवन गर्नाले छाला चाउरी पर्ने, शरीरको तौल बढने र अन्य शारीरिक समस्याहरु निम्त्याउँछ ।

शारीरिक अभ्यास, दैनिकी र वंशाणुगत

हिडने बानी, हाइकिङ र सक्रिय जिवन जापानी महिलाहरुमा सामान्य मानिन्छ । जापानका ठूला सहर तथा बजारमा प्रशस्त मात्रामा खुला ठाउँहरु देख्न पाइन्छ जहाँ जापानीहरुलाई शारीरिक अभयास गरिरहेको देख्न सकिनछ ।

अनुसन्धान अनुसार, जापानी नागरिकहरु अन्य मुलुकका नागरिकहरु भन्दा शारीरिक परिक्षण बढी गराउने गर्छन् । जसका कारण उनीहरुमा रोग लागेको वा लाग्न लागेको अगावै थाहा हुन्छ ।

वंशानुले पनि ठूलो भूमिका खेलेको हुन्छ । अझै, जापानी पुस्ता स्वस्थ खाना र प्रसस्त शारीरिक अभ्यासमा अभ्यस्त हुने भएकाले केटाकेटीहरुको जग अति बलियो हुन्छ । (डीसी नेपाल)

प्रतिक्रिया दिनुहोस्