बेलायती सेनाका सेनाध्यक्षद्वारा नेपाल भ्रमण सम्पन्न



प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको निमन्त्रणामा ६ दिने नेपालको औपचारिक भ्रमणको लागि मिति २०७४ माघ २४ गते नेपाल आउनु भएका संयुक्त अधिराज्य (बेलायत) सेनाका सेनाध्यक्ष General Sir Nicholas Patrick Carter KCB CBE DSO ADC Gen भ्रमण सम्पन्न गरी आज मिति २०७४ माघ २९ गते स्वदेश फिर्ता हुनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले बिदाई गर्नु भएको थियो ।

नेपाल भ्रमणको दौरान उहाँले प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्नुको साथै पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजना भएको Gurkha Attestation Parade of Gurkha Recruit Intake 2018 मा समेत सहभागी हुनु भएको थियो ।

नेपाल र मित्रराष्ट्र बेलायत बीच सदीऔं देखि नै सुमधुर सम्बन्ध रही आएको छ । सुगौली सन्धी पश्चात नेपालीहरु बेलायत सेनामा भर्ना हुन थालेको परिपेक्ष्यमा यस प्रकारको Gurkha Attestation Parade नेपालमा विगतदेखि नै भईरहेको र सो अवसरमा सहभागी हुन मित्रराष्ट्र बेलायतका माननीय मन्त्रीहरु लगायत उच्च पदस्थ पदाधिकारीहरु नेपाल आउने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्