केन्याले नेपाललाई दियो १७८ रनको चुनौती



काठमाडौँः नामिबियामा जारी आईसीसी विश्व क्रिकेट डिभिजन २ अन्तरत आफ्नो चौथो खेलमा नेपाललाई केन्याले १७८ रनको चुनौती दिएको छ । पुरै ५० ओभर खेलेको केन्याले ८ विकेटको क्षतिमा १७७ रन बनाएपछि नेपालले यो चुनौती पाएको हो ।

नामिबियाको विन्डहोक क्रिकेट ग्राउन्डमा भएको प्रतियोगिताको दशौँ खेलमा केन्याले नेपालका लागि मध्यम चुनौती दिएको हो । केन्याको स्कोर सम्मानजनक अवस्थामा पुर्याउने क्रममा ओपनरहरुले सम्हालिएर खेले । केन्याका ओपनर करिमले १०० बलमा ४२ रन बनाए । त्यसैगरी अर्का ओपनर गतिलो पारी खेल्दै ४६ बलमा ४१ रनको योगदान दिए ।

केन्याका लागि को ओब्युयाले ६१ बलमा २७ रन बनाउँदा नटआउट रहेका ओडियाम्बोले ५७ बलमा २४ रनको योगदान दिए । त्यसैगरी अन्तिम क्रममा न्गोचेले १५ बलमा २३ रन बनाए ।

नेपालका लागि आज पनि सन्दीप लामिछानेले शानदार बलिङ गर्दै ५ विकेट लिन सफल भए । १७ वर्षीय यी स्पिनरले केन्याका ५ विकेट झार्न सफल भए । नेपालले सन्दीप बलिङमा उत्रिएपछि मात्रै विकेट लिन सफल भएको थियो । नेपालका लागि सोमपाल कामी, शरद भेसवाकर र वसन्त रेग्मीले पनि एक एक विकेट लिन सफल भए ।

सन्दीपले पहिलो विकेटकारुपमा उत्कृष्ट ब्याटिङ गरिरहेका ओबान्डालाई १६.६ ओभरमा पेभेलियनको बाटो देखाएका थिए । ४६ बलमा ४१ रन बनाएको अवस्थामा सन्दीपले ओबान्डालाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

त्यसैगरी सन्दीपले खेल १८.४ ओभरमा पुगेको अवस्थामा डिएम गोन्डारियालाई पनि पेभेलियनको बाटो देखाए । उनले ५ बलमा ४ रन बनाएको अवस्थामा गोन्डारियालाई आउट गर्न सफल भए ।

सन्दीपले ३३.१ र २ ओभरमा केन्याका लगातार दुई विकेट झार्न सफल भए । उनले ३३ ओभरमा पहिलो बलिङ गर्दै पाँचौ क्रममा आएका केन्याका कप्तान आरआर पटेललाई कप्तान पारस खड्कामार्फत क्याच आउट गराउन सफल भए ।

त्यसैगरी दोस्रो बलमा पनि उनले छैटौँ क्रममा क्रिजमा आएका आरएन पटेललाई एलबीडब्लु धरापमा पार्दै शून्य रनमा पेभेलियन फर्काइदिए । नेपालका लागि अर्को विकेटका रुपमा करिमलाई बसन्त रेग्मीले आउट गरिदिए ।

नेपालका लागि छैटौँ विकेट सोमपाल कामीले लिए । त्यसैगरी शरद भेशवाकरले सातौँ सफलता दिलाउने क्रममा केन्याका गुर्दिप सिंहको विकेट लिन सफल भए । उनले ४३ औँ ओभरको तेस्रो बलमा गुर्दिपलाई आउट गरे । उनले ओब्युयालाई ४२ ओभरको अन्तिम बलमा बोल्ड आउट गरेका थिए।

त्यसपछि ४४ ओभरको अन्तिम बलमा सन्दीपले नै एनएन ओडियाम्बोलाई पेभेलियनको बाटो देखाए । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्