एउटा पानीजहाजमा २६ भेडा र १० बोका छन् भने कप्तानको उमेर कति हो ?



कहिलेकाही परिक्षामा यस्ता प्रश्न आउछन्, जो सोच्न सकिदैन । यस्ता प्रश्न प्राय लोकसेवाको परिक्षा दिदा आउछन् तर, चिनमा गणितको परीक्षामा कक्षा ५ मा पढ्ने बच्चाहरूलाई यस्तो प्रश्न सोधिएको छ कि सबै आश्चर्य चकित भएका छन् ।
प्रश्न थियो । एउटा पानीजहाजमा २६ भेडा र १० बोका छन् भने कप्तानको उमेर के हो ?

चीनको शुनकिङ जिल्लामा प्राथमिक तहका बच्चाहरू यो प्रश्न पढेर छक्क परे अनि सामाजिक सञ्जालमा यो कुरा डढेलो झैं फैलियो । यो प्रश्न पाँचौं कक्षाका बच्चाहरूलाई सोधिएको थियो । उनीहरू औसतमा ११ वर्षका छन् । प्रश्नपत्रको तस्वीर र प्रश्नको जवाफ दिने बच्चाहरूको कोशिश चीनको सामाजिक सञ्जालमा भाइरल भयो । स्वाभाविक रूपमा यसमाथि बहस भयो । शिक्षा विभागले यसको जवाफ पनि दियो । कुनै भूलवश यो प्रश्न नराखिएको बरू बच्चाहरूलाई जागरुक बनाइरहनका लागि प्रश्न सोधिएको उसले बतायो ।

एक बालकले जवाफ दिए, ‘कप्तानको उमेर कम्तीमा १८ वर्ष होला किनकि जहाजको कप्तान हुनका लागि वयस्क हुनुपर्छ ।’ अर्का विद्यार्थीले अनुमान लगाए, ‘कप्तानको उमेर ३६ वर्ष होला किनकि २६ र १० जोड्दा ३६ हुन्छ ।’ एक छात्रले त हार नै माने । उनले लेखे, ‘कप्तानको उमेर …मलाई थाहा छैन । म यस प्रश्नको उत्तर दिन सक्दिनँ ।’ तर इन्टरनेटमा मानिसहरूले यस्ता सोझा उत्तर दिएनन् । चीनको माइक्रोब्लगिङ वेबसाइट वीबोमा एक व्यक्तिले सोधे, ‘यो प्रश्नको कुनै तुक छैन । शिक्षकलाई यसको उत्तर थाहा छ ?

अर्का व्यक्तिले सोधे, ‘कुनै विद्यालयमा २६ शिक्षक छन् र तिनमा १० जना बेवकूफ छन् भने प्राचार्यको उमेर कति होला ? तर केही मानिसले विद्यालयको बचाउ गरे । उनीहरूले विद्यार्थीको बुद्धिमत्ता जाँच्नका लागि प्रयत्न गरिएको बताए । वीबोमा एक व्यक्तिले लेखे, ‘यो प्रश्नले विद्यार्थीहरूलाई सोच्ने मौका दियो ।’ एक अन्य व्यक्तिले भने, ‘यो प्रश्नले बच्चाहरूलाई उनीहरूको विचार जान्न लगाउँछ । उनीहरूलाई सिर्जनात्मक हुने अवसर दिन्छ । यस्ता थप प्रश्न उनीहरूलाई सोध्नुपर्छ ।’ शुनकिङको शिक्षा विभागले यस बहसमा एक बयान जारी गरेर आफ्नो कुरा राख्यो ।

उसका अनुसार, बच्चाहरूलाई स्वतन्त्र रूपमा सोच्नका लागि सक्षम बनाउन र जागरुकतालाई जाँच्नका लागि यो प्रश्न गरिएको थियो । चीनको शिक्षा व्यवस्था पारम्परिक रूपमा नोट बनाउन र घोक्नमा जोड दिन्छ । आलोचकहरूका अनुसार, बच्चा यसरी सिर्जनात्मक हुन पाउँदैनन् । यस्ता प्रश्नले बच्चाहरूलाई लीकबाट हटेर सोच्न चुनौती दिने शिक्षा विभागको भनाइ छ । एक व्यक्तिसँग यस प्रश्नको गतिलो जवाफ थियो ।

वीबोमा एक व्यक्तिले पोस्ट गर्दै लेखे, ‘जनावरहरूको औसत तौलका आधारमा २६ भेडा र १० बोकाहरूको तौल सात हजार ७०० किलो हुन्छ । चीनमा पाँच हजार किलोभन्दा बढी कार्गो जहाज चलाउने लाइसेन्स लिनका लागि कम्तीमा पाँच वर्षको अनुभव हुनु जरूरी हुन्छ । चीनमा २३ वर्षभन्दा कम उमेरका व्यक्तिलाई जहाज चलाउने लाइसेन्स दिन सकिन्न । त्यसैले जहाजका कप्तानको उमेर कम्तीमा २८ वर्ष अवश्य हुन्छ ।’ (जनता टाइम्स)

प्रतिक्रिया दिनुहोस्