भावुक हुँदै प्रचण्डले भनेः गरिब भएकाले नोबल पुरस्कार पाइनँ



काठमाडौं , १ फागुन २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गरिब भएकाले नोबेल पुरस्कार नपाएको खुलासा गरेका छन् । गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले गरिब देश भएका कारण मात्र आफूले नोेबल पुरस्कार नपाएको बताए । शान्ति सम्झौता गर्ने गिरिजाप्रसाद कोइराला र आफू गरिब देशको भएकाले पश्चिमाहरुले त्यति महत्व नदिएको उनको तर्क थियो । त्यति भन्दा नभन्दै उनी भावुक बनिसकेका थिए ।

यद्यपि अहिले पश्चिमाहरुले नेपालको शान्ति प्रक्रियाबारे अध्ययन थालेको थाहा पाएको उनले बताए । साथै उनले आफू ढिलोछिटो प्रधानमन्त्री हुने बताए । ‘अहिले टुंगिएको त छैन । तर, ढिलो छिटो प्रधानमन्त्री भएर आउँछु’, उनले भने ।

उनी अघि बोल्ने क्रममा कांग्रेस प्रतिनिधिले प्रचण्डलाई प्रधानमन्त्री भएर आउन शुभकामना दिएका थिए । आलोपालो प्रधानमन्त्री हुने एमाले र माओवादीको सहमतितर्फ संकेत गर्दै उनले ढिलो छिटो आफू सरकार प्रमुख हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्