माओवादी नेताहरु प्रचण्डको कार्यक्रम छोडेर बैद्य र विप्लवको कार्यक्रममा



काठमाडौं , १ फागुन २०७४

२३ अाैं जनयुद्ध दिवसको अवसरमा कम्युनिष्ट पार्टीहरुले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । बिगतका बर्षहरुमा अलग अलग कार्यक्रम गरेर जनयुद्ध दिवश मनाएका नेपाल कम्युनिष्ट पार्टी र नेकपा क्रान्तिकारी माओवादीले यसपटक संयुक्त रुपमा जनयुद्ध दिवश मनाइरहेका छन् ।

महान जनयुद्ध दिवसको अवसरमा नेकपा र क्रान्तिकारी माओवादीको बृहत कार्यक्रम राष्ट्रियसभा गृहमा मध्यान्ह साढे १२ बजेदेखि जारी छ ।यसैबीच प्रचण्डले पेरिसडाँडामा आयोजना गरेको जनयुद्ध दिवस विशेष कार्यक्रम छोडेर माओवादी केन्द्रका नेताहरु बैद्य र विप्लवले राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रममा पुगेका छन् ।

प्रचण्डकाे पेरिसडाँडाकाे कार्यक्रम छाेडेर माओवादी नेता विश्‍वभक्त दुलाल ‘अाहुती’, गाेपाल किराती र लाेकेन्द्र बिष्ट लगाएतका नेताहरु राष्ट्रिय सभागृहकाे कार्यक्रममा सहभागी हुन् पुगेका हुन् ।

उक्त कार्यक्रममा बक्ताहरुले सम्बोधन गरिरहेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, परी थापा, नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, उमा भुजेललगायतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्ने नेकपाले जानकारी दिएको छ ।

प्रचण्डको कार्यक्रम छोडेर गाेपाल किराती सहितका माओवादी नेताहरु बैद्य र विप्लवको कार्यक्रममा पुगेपछि पेरिसडाँडामा खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्