एकचोटि चुम्बन गर्दा तपाईंको शरीरमा आठ करोड ब्याक्टेरिया सर्छ



काठमाडौं, १ फागुन २०७४

युवायुवतीहरु भोलि बिहीबार भ्यालेन्टाइन मनाउने तयारी गरिरहेका छन् तर  उनीहरुका लागि दुःखद खबर छ । त्यो के भने प्रणयजोडीहरु एक आपसमा चुम्बन अनि माया गरेर यो दिवस मनाउँदै आएका छन् तर एक अध्ययनका अनुसार १० सेकेन्डमा एकपटकको चुम्बनको दौडान आठ करोड ब्याक्टेरिया एकआपसको मुखबाट प्रवेश गर्ने गर्छन् । नेदरल्यान्डका वैज्ञानिकहरुको एक समूहले यस्तो तथ्य पत्ता लगाएका हुन् ।

२१ जोडीले गरेको चुम्बनमा उनीहरुले अध्ययन गरेका थिए । यस निगरानीमा मानिसहरु विशेष गरी पश्चिमा समाजमा एक दिनमा नौचोटि एकआपसमा चुम्बन गर्ने गर्छन् । अध्ययनअनुसार मानिसको मुखमा ७ सय प्रकारका ब्याक्टेरिया करोडको संख्यामा रहेका हुन्छन् । तर यसमध्ये केही भने छिटै फैलिने क्षमताका हुन्छन् ।

सन् २०१४ मा यो अध्ययन माइक्रोबिओम भन्ने जर्नलमा छापिएको थियो । नेदरल्याण्ड अर्गनाइजेसन फर एप्लाइड साइन्टिफिक रिसर्च (टीएनओ)का एक समूहले एउटा जोडीले गरेको चुम्बनलाई लिएर निकै प्रश्नहरु सोधेका थिए ।

यसमध्ये एउटा प्रश्न गत वर्ष उनीहरुले कतिपटक चुम्बन गरेका थिए र अन्तिम चुम्बन कहिले गरेका थिए । उनीहरुले जिब्रो, ओठ लगायतको नमूना लिएका थिए भने १० सेकेन्डको चुम्बनपछिको नमूना पनि लिएका थिए । त्यसपछि एकजोडीलाई प्रोबायोटिक ड्रिंक पिउन लगाइयो जसको मद्दतले सजिलैसँग ब्याक्टेरियाको पहिचान सम्भव हुन्छ ।

यसपछि कति संख्यामा ब्याक्टेरियाहरु पछिल्लो चुम्बनको दौडान ट्रान्सफर भए भनी अध्ययन गरिएको थियो ।

बीबीसी हिन्दीबाट ।

प्रतिक्रिया दिनुहोस्