प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायपरिषद कार्यालय घेराउ



काठमाडौं, २ फागुन २०७४

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालय घेराउ गरेका छन् ।

कानुन ब्यजसायीहरुले पुल्चोकममा रहेको परिषदको कार्यालय घेराउ गर्दै एक घण्टा धर्ना दिएका हुन् । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशमाथि लागेका आरोपको सर्वाेच्चले खण्डन नगरेसम्म कुनै पनि निर्णय नगर्न पनि पराजुलीको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले अदालतमै प्रश्न उठेपछि प्रधानन्यायाधीश पराजुली कामचलाउको अवस्थामा रहेको भन्दै अदालती निर्णय गर्ने अधिकार उनीसँग नरहेको जिकिर गरेका छन् । नागरिकता र शैक्षिक प्रमाणपत्रलाई लिएर विवादमा परेका पराजुलीले तत्काल राजीनामा दिन उनिहरुले माग गरेका छन् । उच्च अदालत र सर्वोच्च अदालतको रिक्त न्यायाधीश सिफारिस गर्न आजै बैठक बस्ने कार्यसूची छ । पराजुलीको अध्यक्षतामा बैठक बस्न नदिन कानुन व्यवसायीहरुले धर्ना दिएका हुन् ।

विवादमा तानिएका प्रधानन्यायाधीश पराजुलीले न्यायालयमा निर्णय लिनु न्यायमा आच आउने र उनले न्यायलयको गरिमा धान्न नसक्ने भन्दै उनको अध्यक्षतामा कुनै पनि निर्णय हुन नदिन विरोध प्रदर्शन गरेको ब्यवसायीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्