भारतीय सेनाध्यक्षद्वारा नेपाल भ्रमण सम्पन्न



प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको निमन्त्रणामा ३ दिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा मिति २०७४/१०/२९ गते काठमाण्डौं आई पुग्नु भएका मित्रराष्ट्र भारतका भारतीय सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी General Bipin Rawat, UYSM, AVSM, YSM, SM, VSM, ADC भ्रमण सम्पन्न गरी आज मिति २०७४/११/०२ गते स्वदेश फिर्ता हुनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी श्री हेमन्तराज कुँवरले बिदाई गर्नु भएको थियो ।

नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा मिति २०७४/११/०१ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुनु भएका General Bipin Rawat ले नेपालमा रहँदा सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्री तथा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग छुट्टा–छुटै भेटवार्ता गर्नुको साथै नेपालका केही महत्वपूर्ण धार्मिक स्थलहरुको समेत भ्रमण गर्नु भएको थियो ।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई Military Diplomacy को माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्