ओली–प्रचण्ड पुनः छलफलमा, आजै टुंगिएला त पार्टी एकता ?



एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पुनः ‘वान टु वान’ वार्ता सुरु भएको छ । दुवै नेताले पार्टी एकता र सरकार गठनबारे भएको प्रगतिबारे आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेपछि पुनः वार्तामा जुटेका हुन् ।

भर्खरै सकिएको एमालेको आकस्मिक स्थायी समिति बैठकले ओली एमाले माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा भएकाे समझदारीकाे बारेमा व्रिफिङ गरेका थिए ।

सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा दुई पार्टीबीच टुंगिन नपाउँदै एमालेको स्थायी समिति बैठकले प्रधानमन्त्रीकोरुपमा ओलीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

वाम गठबन्धनका नेताकाअनुसार पार्टी एकताको मोडालिटी र सरकार गठनका बारेमा आजै टुंग्याउने गरी छलफल भइरहेको बताए । उनका अनुसार ओली-प्रचण्डबीचको बैठकले सो बारे धारणा बनाउने र बाँकी छलफलका लागि पार्टी एकता संयोजन समितिको बैठमा पेस हुनेछ ।

आज नै पार्टी एकताको मोडालिटी र नयाँ सरकार गठनका बारेमा बिबाद टुंगो लगाउने गरी छलफल अघि बढिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्