नेयमार र रोनाल्डोबीचको भिडन्त आज, कसले मार्ला बाजी ?



काठमाडौं, २ फागुन । च्याम्पियन्स लिगको अन्तिम १६ (प्रि–क्वाटरफाइनल) पहिलो लेगमा आज राति स्पेनिस क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्दैछन् । खेल रियलको घरेलु मैदान सान्टियागो बर्नबाउमा राति साढे १ बजे सुरू हुनेछ । यो खेलमा अहिलेका उत्कृष्ट भनिएका रोनाल्डो र नेयमार आमने सामने हुनेछन् ।

आजको च्याम्पियन्स लिग खेल ‘एल क्लासिको’ पछि सिजनकै सबैभन्दा प्रतिक्षित खेलकारूपमा लिइएको छ । पछिल्ला दुई सिजनमा लगातार च्याम्पियन्स लिग उपाधि जितेको रियल म्याड्रिड यो सिजन खराब लयमा छ।

अर्को तर्फ पिएसजी भने घरेलु लिग तथा च्याम्पियन्स लिगको समूह चरणमा निकै राम्रो लयमा देखिएको छ। पिएसजीमा हालै महंगो रकममा आवद्ध नेयमार यस सिजनपछि रियल जाने हल्लाले निकै चर्चा पाएको छ।

सिजन खराब चले पनि यसै साता रियल सोसाइडाडलाई ५-२ ले हराउँदै उत्कृष्ट पुनरागमन गरेको रियलका लागि रोनाल्डोले ह्याट्रिकसमेत गरेका थिए।

समर्थक र प्रशंसकहरुले यस खेलको महिनौंदेखि प्रतिक्षा गरिरहेका छन् । टिकट खुलेको केहि समयमा नै पुरा ८० हजार टिकट खरिद भइसकेको थियो।

प्रतिक्रिया दिनुहोस्