मन्त्री स्थापीतको २५ मिटर विस्तारबारे अभिब्यक्तिपछि तरंग



हेटौँडा, २ फागुन २०७४
प्रदेश ३ को नवनिर्वाचित भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापीतले सडक फराकिलो पार्ने सरकारको कामलाई निरत्नरता दिने बताएपछि हेटौँडामा फेरी २५ मिटरको तरंग सुरु भएको छ ।

स्थापीतले मन्त्री भएपछि पदभार प्रतिक्रिया दिदै सबैको सहमतिमा सडक फराकिलो पार्ने बताए । सडक भनेको सबैको लागि हुनुपर्ने भन्दै आफुहरु सहमतिमानै सडक फराकिलो पार्ने अभियानमा सक्रिय हुनुपर्ने बताए ।

सडक फराकिलो पार्ने विषयलाई महत्वपूर्ण विषयको रुपमा लिने भनेपछि मकवानपुरको हेटौँडामा फेरी पनि २५ मिटरको चर्चा सुरु भएको हो । करिब करिब २५ मिटरको विषयले चर्चा पाउन छोडिसकेको अवस्थामा मन्त्री स्थापीतको उक्त अभिब्यक्तिले हेटौँडामा फेरिपनि चर्चा बढेको हो ।

स्थापीतले २५ मिटर फराकिलो पार्दा कसैलाई पिडा नुहेन भन्दै घुमौरो हिसावमा क्षतिपूर्ति समेत दिने बताएका छन् । उनले घर भत्कीएका हरुलाई समेत मारमा नपार्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्