हल्ला हल्लामै पल र आँचलको माया बस्यो



काठमाडौं, २ फागुन २०७४

पल शाह र आँचल शर्मा आफ्नो प्रेमलाई स्विकार गर्दैनन् । तरपनि  उनीहरुको प्रेमको चर्चा भने चलिरहन्छ । पल र आँचलको यही प्रेमलाई बढवा दिने गरी नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । आँचललाई पाउन पल अनशन नै बसेका छन् ।

शिव परियारको ’हल्ला हल्लामै माया’ बोलको गीतमा पल र आँचल फिचरिंग छन् । विकास सुवेदीले निर्देशन गरेको भिडियो भ्यालेनटाइन लाई लक्षित गर्दै सार्वजनिक गरिएको हो । ’शिवालय’ एल्बममा समावेश यस गीतना नारद निठुरीका शब्द तथा आशिष अविरलको संगीत रहेको छ । गीतको भिडियोलाई अनिल के. मानन्धरले छायांकन गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्