अभिनेता दयाहाङ राईले अभिनेत्री श्वेता खड्कासँग यस वर्षको ‘भ्यालेन्टाइन डे’ मनाएका छन् । उनले पोखराको फेवातालको बिचमा श्वेतालाई गुलाबको फूल दिँदै भ्यालेन्टाइन ‘विस’ गरे ।
फूल दिँदै गर्दा दयाले फिल्म ‘कान्छी’ को डाइलग बोलेका थिए । उता, श्वेताले फूल लिन मानिनन् । उनले जवाफ दिइन्, ‘फूल दिँदैमा माया हुन्छ ?’ दयाले उत्तर दिए, ‘जे भएपनि राख न ।’ दयाको मधुरो वचन सुनेपछि श्वेताले फूल लिँदै ‘थ्याङक्यू’ भनिन् ।