केपी ओलीले प्रधानमन्त्रीको सपथ आज दिउँसो ४ बजे लिने



काठमाडौं, ३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहीबार नै प्रधानमन्त्री नियुक्त हुने भएका छन् । दिउँसो ४ बजे सपथ ग्रहण कार्यक्रम पनि तय भइसकेको छ ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आजै दाबी पेश गरिसकेका छन् । सरकार गठनका लागि बाम गठबन्धनको स्पष्ट बहुमत भएको दाबी गर्दै एमाले र माओवादी केन्द्रबाट हस्ताक्षरसहित राष्ट्रपतिलाई दाबी पेश गरिएको हो ।

ओलीलाई प्रधानमन्त्री बनाउने हिजोको एमाले बैठकले निर्णय गरेको थियो । माओवादीले पनि ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्