एजेन्सी आजभन्दा करिब ७ बर्ष पहिले सञ्चार माध्यममा एउटा समाचारले जो कोहीलाई पनि अचम्मीत पार्यो । त्यो थियो एक दिनमै ४० वटा खिल्ली चुरोट पिउने एकजना २ बर्षे बच्चको विषय । इन्डोनेसियाको सुमात्रामा बस्ने आर्दी रिजल नाका ती बालक अहिले ९ बर्षका भएका छन । उनकी आमाका अनुसार जब उनी १८ महिनाको थिए एक दिन उसका बुवाले आफुले तानिरहेको चुरोट एक सर्काे आर्दीलाई पनि तान्न दिएका थिए । त्यसपछि दिन प्रतिदिन चुरोट तान्दै गएका ती वालक दिनमै ४० खिल्ली चुरोट पिउन थाले । जसका कारण पछि उनको स्वास्थ्य अवस्था निकै कमजोर बन्न पुग्यो । त्यसलाई रोक्न त्यहाँको सरकार तथा विभिन्न सरोकारवालाहरुले निकै मिहिनेत गरेपछि उनको चुरोट पिउने बानी बिस्तारै कम हुँदै गयो । उनको त्यो लत छुटाउन खानेकुरामा ध्यान दिइएको थियो । करिव ५ वर्षपछि उनको चुरोटको लत त निकै कम भयो त अचम्मको विषय के भयो भने उनमा अर्काे लतको विकास भयो, धेरै खानेकुरा खाने लत । जसका कारण फेरी उनले सबैको ध्यान तानेका छन् ।