सुचनाको हकसम्बन्धी अभिमुखिकरण कार्यक्रम छत्रदेव गाउँपालिकाको भगवतीमा सम्पन्न



मधुसुधन पाण्डे

३ फागुन २०७४, छत्रदेव
सुचना तथा शुसासन अभियान (cig) अर्घाखाँचीको अभिमुखिकरण कार्यक्रम छत्रदेव गाउँपालिका वडा न ७ भगवतीमा सम्पन्न भएको छ।सुचना तथा शुसासन अभियान (cig)अर्घाखाँचीको आयोजना तथा छत्रदेव गाउँपालिकाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा छत्रदेव गाउपालिका वडा न ७ का वडाअध्यक्ष शोभाखर पाण्डेको सभापतित्वमा सुरु भएको कार्यक्रममा छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेलको प्रमुख अतिथ्यता,गाउपालिका उपप्रमुख तुल्सादेवि श्रेष्ठको विशिष्ट अतिथ्यता तथा छत्रदेव गाउपालिकाका प्रशासकिय अधिकृत भेषराज पन्तको विशेष अतित्थयतामा सम्पन्न भएको हो ।कार्यक्रममा वडा न ८ का वडाअध्यक्ष राजकुमार श्रेष्ठ,वडा न७ का वडा अध्यक्ष,प्रतिनिधि ,पत्रकार लगायतको अातिथ्यता रहेको थियो।कार्यक्रममा सुचना तथा शुसासन अभियान (cig)अर्घाखाँचीका अभियान्ता मुक्तिनाथ भुसालले सहजीकरण गर्नुभएको थियो।कार्यक्रममा बोल्ने अधिकासले वक्ताले सुचना लिन र दिन कोहि पछि नपर्नुपर्ने तथा सुचना लिने अधिकार सम्पूर्णको भएको कुरामा जोड दिनुभएको थियो यसरी मन्तव्यमा राख्नेहरुमा छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेल,उपप्रमुख तुल्सादेवि श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्त वडा न ८ का वडाअध्यक्ष राजकुमार श्रेष्ठ, ठाकुर प्रसाद पाण्डे जंग परियार,राधा पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो।सुचनाको हक के हो र त्यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा अभियान्ता मुक्तिनाथ भुसालले प्रकाश पार्नुभएको थियो।कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले आफुले समुन्नत छत्रदेव गाउँपालिका बनाउनका लागि लागिपरेको बताउदै सुचना माग्ने अधिकार सम्पूर्णमा भएको बताउदै कसैले पनि सुचना माग्न हिचकिचाहट नगर्न पनि अनुरोध गर्नु भएको थियो।साथै सोही कार्यक्रममा गाउँपालिका उपप्रमुख तुल्सादेवि श्रेष्ठले सुचनाको हक माग्न कोहीपनि पछि हट्न नहुनेमा जोड दिनुभएको थियो।कार्यक्रममा गाउँपालिका उपप्रमुख तुल्सादेवि श्रेष्ठले गाउँपालिकाबाट प्राप्त हुने सबै सुविधाको सुचना हरेक नागरिकले पाउने अधिकार भएको बताउनु भयो।कार्यक्रम वडा न ८ का वडाअध्यक्ष राजकुमार श्रेष्ठको स्वागत मन्तव्य तथा बालकृष्ण पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्