सुचनाको हकसम्बन्धी अभिमुखिकरण कार्यक्रम छत्रदेव गाउँपालिकाको ठुलापोखरामा सम्पन्न



मधुसुधन पाण्डे

३ फागुन २०७४, छत्रदेव
सुचना तथा शुसासन अभियान (cig) अर्घाखाँचीको अभिमुखिकरण कार्यक्रम छत्रदेव गाउँपालिका वडा न ६ ठुलापोखरा सम्पन्न भएको छ।सुचना तथा शुसासन अभियान (cig)अर्घाखाँचीको आयोजना तथा छत्रदेव गाउँपालिकाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा छत्रदेव गाउपालिका वडा न ६ का वडाअध्यक्ष कमल पौडेलको सभापतित्वमा सुरु भएको कार्यक्रममा छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेलको प्रमुख अतिथ्यता, छत्रदेव गाउपालिकाका प्रशासकिय अधिकृत भेषराज पन्तको विशिष्ट अतित्थयतामा सम्पन्न भएको हो । कार्यक्रममा छत्रदेव गाउँ कार्यपालिका सदस्य तथा वडा सदस्य सुन्तली विश्वकर्मा,वडा सदस्यहरु क्रमश ज्ञान प्रसाद पाण्डे सफिता साह छत्रदेव गाउँपालिकाका स्वास्थ्य ईकाइ संयोजक विश्वदेव न्यौपाने वडा सचिव पुस्करनाथ आचार्य,पत्रकार,समाजसेवी,बिद्यालयका शिक्षक तथा विधालय व्यवस्थापन समितिका अध्यक्ष बिद्यार्थी लगायत लगायत नागरिकको उल्लेखनीय उपस्थित रहेको थियो।कार्यक्रममा सुचना तथा शुसासन अभियान (cig)अर्घाखाँचीका अभियान्ता मुक्तिनाथ भुसालले सहजीकरण गर्नुभएको थियो।कार्यक्रममा बोल्ने अधिकासले वक्ताले सुचना लिन र दिन कोहि पछि नपर्नुपर्ने तथा सुचना लिने अधिकार सम्पूर्णको भएको कुरामा जोड दिनुभएको थियो।सुचनाको हक के हो र त्यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा अभियान्ता मुक्तिनाथ भुसालले प्रकाश पार्नुभएको थियो।कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका प्रमुख लेखनाथ पोख्रेलले सुचनाको हक लिनबाट कोहि बञ्चित नहुने र आफुले गाउँपालिकामा सुचना माग्न आए आफुले चिया खाएको देखि ठुला बजेटसम्म १ रुपिया पनि तलमाथि नपारी जनतलाई सुचना दिन सक्ने बताएका छन् ।कार्यक्रममा छत्रदेव गाउँपालिकाका प्रसासकिय अधिकृत भेषराज पन्तले गाउँपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवा सुविधाको बारेमा जनतालाई सुचना माग्न आग्रह गर्नुभयो।कार्यक्रममा वडा अध्यक्ष कमल पौडेलले सुचना लिने दिने सम्पूर्ण नागरिकको काम भएको भन्द‌ौ कोहिपनि सुचना लिनबाट बञ्चित नहुन आग्रह गर्नुभयो।कार्यक्रम छत्रदेव ६ ठुलापोखराका वडा सदस्य ज्ञानप्रसाद पाण्डेको स्वागत मन्तव्य तथा कार्यलय सहायक मणिराम बिश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्