वातावरणमन्त्रीमा लालबाबु पण्डित



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। प्रारम्भिक मन्त्रिपरिषदमा लालबाबु पण्डित, जनसंख्या तथा वातावरण र थममायाँ थापा, महिला वालवालिका तथा समाजकल्याणमन्त्रीको रुपमा सपथ लिए। विस्तारित मन्त्रिपरिषदमा एमालेबाट मात्र प्रतिनिधित्व भएको छ। पण्डित यसअघि सामान्य प्रशासनमन्त्री भएका थिए।

माओवादी केन्द्रले भने तत्काल सरकारमा मन्त्री पठाएको छैन्। ‘प्याकेज’मै सहमतिपछि मन्त्रीको टुंगो लाग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्