आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि भएको खेलमा युएईले नेपाललाई २७८ रनको लक्ष्य दिएको छ ।
विन्डहोकस्थित वन्डर्रस मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो । खेलमा युएईले पूरै ओभरमा ४ विकेट गुमाउँदै २७७ रन जोड्न सफल भएको हो ।
खेलमा नेपालका सोमपाल कामी, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान १/१ विकेट लिएका थिए । युएईका एकजना ब्याटम्यान रन अाउट भए । प्रतियोगिता भर नेपाली बलर युएर्इ माथि हावी हुन सकिरहेका थिएनन् । सबै बलरलार्इ युएर्इका ब्याट्सम्यानले सहजै सामना गरेका
थिए ।
हिजाे नेपालले क्यानडालाई र युएईले नामिबियालाई हराएपछि दुई टिम उपाधि भिडन्तका लागि अामनेसामने भएका हुन् । यसअघि डिभिजन टू मै नेपालले युएईलाई हराएको थियो ।
डिभिजन टू अन्तर्गत राउन्ड रोविन लिग खेलपछि अंक तालिकामा शीर्ष दुई स्थानमा रहँदै नेपाल र युएई अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट भइसकेका छन्।