१ नम्बर प्रदेशमा ५ सदस्यीय मन्त्रीमण्डल गठन



एक नम्बर प्रदेशमा मुख्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्री परिषद् गठन भएको छ । एक नम्बर प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्री शेरधन राईकाे शपथ गराएका थिए । मुख्यमन्त्री रार्इकाे सिफारिसमा आजै अन्य चार जना मन्त्रीकाे पनि शपथ लिएका छन् ।

मुख्य मन्त्री राईले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमालेका हिम्मत कार्की, अर्थ मामिला तथा योजना मन्त्रीमा माओवादी केन्द्रका ईन्द्र आङबो, समाजिक विकास मन्त्रीमा एमालेका जीवन घिमिरे र उद्योग, पर्यटन तथा बन तथा वतावरण मन्त्रीमा एमालेका जगदिश कुशैतलाई नियुक्त्त गरका हुन ।

मुख्यमन्त्रीपछि सबैलाई प्रदेश प्रमुख तुम्वाहाङले बिहिबारै सपथ ग्रहण गराएका छन् । आजै एक नम्बर प्रदेशको मन्त्री परिषदको पहिलो बैठक बस्ने कार्यक्रम छ । भौतिक पुर्वाधार तथा विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री राइले आफैसँग राखेका छन् । अन्य मन्त्रीहरु क्रमशः एक हप्ता भित्र नियुक्त्त गरिसक्ने मुख्यमन्त्री राईले बताए । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्