बौध चिल्डेनमा विज्ञानसँग सम्बन्धित उपकरणहरुको प्रतिस्पर्धा सम्पन्न (फोटो सहित)



एटम शर्मा / काठमाडौं, ४ फागुन २०७४

बौध चिल्डेन हेवन इन्टरनेसनल स्कुल रामहिटी बौधमा हिँजो 2nd BCH Inter school seience exhibition – 2074  तथा 20th Anniversary of the school सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिका ७ का वडाअध्यक्ष दिपेन्द्र लामाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा STAN का महासचिव बिजय कान्त मिश्रको पनि उपस्थिति रहेको थियो  ।

कार्यक्रममा बालबालिकाहरुले विज्ञानसँग सम्बन्धित विभिन्न सामग्री र उपकरणहरुको निर्माण गरी प्रतिस्पर्धा गरेका थिए  । १२ विद्यालयका २२ समुहले कार्यक्रममा प्रतिस्पर्धा गरेका थिए  । कैलाश बोधी , रिलायन्स इंगलिस, अरुणिमा मा.वि., जनकल्याण, नवजागृति, वाल सृजनालय, तिरुपति इंगलिस, छहारी शिक्षा सदन, रिलायन्स को हेड, प्रोग्रेसिप इंगलिस, साम्तें मेमोरियल र गोकर्णेश्वर लाईटले आफ्नो विद्यालयको प्रतिनिधित्व जनाएका थिए  ।

कार्यक्रममा Agglomerate settlement for sustatnable development निर्माण गर्ने कैलाश बोधी रामनगर प्रथम भएको थियो भने जियो थर्मर निर्माण गर्ने रिलायन्स इंगलिस एकेडेमी दोस्रो भएको थियो  । अरुणिमा मा.वि. तेस्रो भएको उक्त प्रतियोगितामा विद्यार्थीहरु बढी मात्रामा उत्साहित रहेका देखिन्थे  ।

गोकर्णेश्वर लाईटको वाटर रकेट, वाटर लेवल इन्डिकेटर र रेन अलाम एण्ड फाईर अलाम नवजागृतिको क्लिनिंग रोवर्ट र जेसिवी बौध चिल्डेनको क्यान्डी हाउस, वाल सृजनालयाको डिसी जेनेरेटर, तिरुपतिको लाइटिंग बोध, कैलाश बोधिको हाइड्रोनिक ब्रिज र रिमोट कन्टोलर अनि  रिलायन्सको स्मार्ट सिटि परिकल्पना आदि निर्माण सामग्री प्रतिस्पर्धामा  सहभागी थिए  ।

एक्सामेटर र फूल कलर बिधि जस्ता धेरै विज्ञानका सामग्रीहरु सृजना गरि   विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए  ।

विद्यालयले पढाइसँग सम्बन्धित अनि पाठ्यक्रमसँग मिल्ने र सहयोग पुर्याउने कार्यकरमलाई बढी जोड दिने गरेको र त्यसैको एउटा रुप उक्त कार्यक्रम भएको बौध चिल्डेन हेवानका प्रिन्सिपल वसन्त ढकालले जानकारी गराए  ।

 

प्रतिक्रिया दिनुहोस्