ओली प्रधानमन्त्री बन्दा प्रवासमा दीप प्रज्ज्वलन सहित खुसियाली



पुष्कर शर्मा

४ फागुन २०७४

युएई, नेकपा एमालेका अध्यक्ष केपी र्मा ओली दोस्रोपटक प्रधानमन्त्रीमा हुँदा प्रवासमा समेत खुसियाली छाएको छ । प्रधानमन्त्री भएको  खुसियाली बाड्न विभिन्न ठाउँमा दीप प्रज्ज्वलन गर्दै बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको छ ।

प्रवासी नेपाली मञ्च युएईका विभिन्न कमिटीहरुले पनि हिजो साझ यस्तो कार्यक्रम आयोजना गरेका छन । आबुधाबी मुसाफा स्थित सहामा टावर नेपाली रेस्टुरेन्टको हलमा साविया, आइकार्ड र दाफ्रा इकाई कमिटीको संयुक्त आयोजनामा दीप प्रज्ज्वलन तथा शुभकामना कार्यक्रम गर्दै खुसियाली मनाएका छन ।

साविया इकाई अध्यक्ष निमा लामाको अध्यक्षतामा भएको कार्यक्रममा आबुधावी राज्य कमिटीका निवर्तमान अध्यक्ष पुष्कर शर्मा, विपिन सापकोटा, सुमन तिमिल्सिना, उद्योगी व्यवसायी कमल गौतम अतिथि रहेका थिए । आइकार्ड इकाई कमिटी सचीव विरेन्द्र खड्काले सञ्चालन गरेको कार्यक्रममा वक्ताहरुले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलि प्रति जनताको विश्वास रहेको र उहाले अघिल्लो कार्यकालमा प्रतिबद्धता गरेका कामहरु अब पूरा हुने आशा गरेको बताए ।

कार्यक्रममा सहभागीहरुले ४१ औं प्रधानमन्त्री बनेकोमा ४१ वटा नै मैनबत्ती बाली केक काटेर खुसियाली मनाएका थिए । त्यस्तै हिजो नै प्रवासी नेपाली मञ्च युएईका दुबई, सारजाह, फुजेरा लगायतका राज्य कमिटीले पनि दीप प्रज्ज्वलन गरेर खुसियाली मनाएको राष्ट्रिय कमिटी सदस्य बाबुराम सापकोटा ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्