कास्की प्रदेश ४ का मुख्यमन्त्री गुरुङसहित सभामुख र मन्त्रीको शपथ ग्रहण



काठमाडौँ, ४ फाल्गुन : कास्की प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

शुक्रबार बिहान आयोजित एक समारोहका बीच उनलाई प्रदेश ४ का प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन् ।

मुख्यमन्त्री गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले र एक मन्त्रीले सो समारोहमा शपथ ग्रहण गरेका हुन् ।

मुख्य मन्त्री सुब्बाको सिफारिसमा एमाले सांसद् रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् ।

उनले सोही अवसरमा शपथ समेत लिइसकेका छन् । मुख्यमन्त्री गुरुङले उनलाई शपथ गराएका हुन् । बस्नेत गोरखा प्रदेशसभा सदस्य हुन् ।

साभार : देश संचार

प्रतिक्रिया दिनुहोस्