काठमाडौँ, ४ फागुन : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट आज निजी निवास सर्दै हुनुहुन्छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी निवास सर्न लाग्नुभएका हो ।
गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली काँग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आउनुभएको थियो । उहाँ आज दिउँसो बूढानीलकण्ठस्थित निजी निवास सर्न लाग्नुभएको उहाँका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।
(रासस)