प्रेममा शारीरिक सम्बन्ध पनि जरुरी छ, तर सुरक्षित हुनुपर्‍यो : नायिका अश्लेशा



काठमाडौं , ४ फागुन २०७४

नायिका अश्लेशा ठकुरीले हामीसँग जीवनका केही महत्वपूर्ण पाटाहरु सेयर गरेकी छिन् ।

बाल्यकाल र पढाइ मेरो जन्म कैलाली जिल्लाको बौनिया भन्ने ठाँउमा भएको हो । म घरको कान्छी छोरी हो । म बाहेक घरमा ७ जना दिदी र २ दाजुभा हुनुहुन्छ । गाँउमा बोर्डिङ्ग स्कुल नभएको कारण गाँउबाट अलिकति टाढा स्कुलको होस्टेलमा बसेर पढेँ मैले ।

कक्षा ५ सम्मको पढाई गाउँमा सकेर म काठमाडौं आएँ । प्लस टु साईन्स पढेर मैले मेडिकलमा सेक्टरमा डेन्टल पढ्नको लागि प्रवेश परीक्षा दिएँ । मैले पिपल्स् डेन्टल कलेजमा नाम पनि निकाले । तर दुई वर्ष पछि स्कुटर दुर्घटना भएका कारण पढाइलाई निरन्तरता दिन सकिन । पढाइलाई निरन्तर दिन नपाएका कारण पछि मैले सोसल वर्क पढ्ने निधो गरें । अहिले यसैमा स्नातक तहको अध्ययन गरिरहेको छु ।

यही बीचमा थिएटरमा नाटक पनि मैले सिकिरहेको छु । म निकै लजालु र भित्री स्वभावको छु । मेडिकलको विद्यार्थी भएका कारण मलाई विज्ञान विषय निकै मन पर्छ । विज्ञानमा पनि जैविक (वायोलोजी) मेरो मनपर्ने विधा हो । किशोरावस्था मेरो लजालु स्वभावका कारण मलाई निकै एक्लो महसुस हुन्थ्यो । एक्लो पन हटाउनको लागि मैले विभिन्न गतीविधीमा आफूलाई व्यस्त राख्ने गर्थे ।

खुलस्त रुपमा कुरा गर्नेहरुले धेरै कुरा सिक्ने मौका पाउँछन् । लजालु स्वभावकाहरु भने आफ्नै दुनियाँमा रमाउँछन् । किशोरास्थाको समयमा दिमागमा धेरै कुराहरु आउने गर्छन् । त्यो समय हामीले एक्लै सोचेर भने बिताउनु हुन्न । कल्पनामा देखेको कुरालाई वर्तमानमा पूरा गर्न लागि पर्नुपर्छ । गल्तीहरुबाट नै जीवनमा धेरै कुरा सिक्न सकिन्छ । यही कारण गल्ती गर्नु सामान्य लाग्छ मलाई । गल्ती गर्नु भनेको केही ठूलो कुरा हैन ।

किताब मात्र ज्ञान लिने आधार होईन । किताबबाट भन्दा पनि बाहिरी कुराबाट लिएको ज्ञान निकै लाभदायक हुन सक्छ । आमा बुबाले छोराछोरीलाई बाँधेर राख्नुहुँदैन । उनीहरुलाई आफ्नो जिन्दगी स्वतन्त्र रुपमा जिउन दिनुपर्छ । बाटो देखाउने काम भने आमा–बुबाकै हो । मान्छेले आफ्नो जिन्दगी आफ्नो हिसाबले जिउन पाउनुपर्छ । अरुले हाम्रो बारेमा के सोच्छ भन्ने कुराले गर्दा युवा युवतीले मनमा चाहिने नचाहिने कुराहरु खेलाउँदै जान्छन् ।

कसैको मायामा पर्नु वा कोही प्रति आर्कषित हुनु त्यो अपराध होईन । बरु त्यसलाई आफू भित्र गुम्साएर राख्नु चाहिँ एक किसिमको अपराध हो । त्यो कुरा नबाँधेर खुल्ला रुपमा अगाडि आउन दिने हो भने हामी मानसिक रुपमा जहिले सुखी हुन्छौँ । उसले पढाई र साथीको साथै परिवारमा पनि समय दिन थाल्छ ।

प्रेममा शारीरिक सम्बन्ध भनेको सामान्य कुरा माया प्रेमको कुरामा किशोर–किशोरीको भावनालाई नियन्त्रण गर्न नसकिने भएको छ । सानै उमेरमा उनीहरुको प्रेम सम्बन्ध शुरु भईसकेको हुन्छ । विवाहको उमेर भईसकेपछि हाम्रो शरीरले जीवन यापन गर्नका लागि एउटा साथी खोज्छ । १६-१७ को उमेरमा मानिसहरु मानसिक भन्दा धेरै शारीरिक रुपमा आर्कषित भईरहेका हुन्छन् ।

शारीरिक रुपमा आर्कषित भए भन्दैमा एक अर्कालाई नराम्रो रुपमा कहिल्यै लिनु हुँदैन । यो मायालाई कति समय सम्म टिकाउन सकिन्छ भनेर सोच्न निकै जरुरी छ । यो उमेर भनेको सचेत हुने उमेर पनि हो । मायामा माया मात्र नभएर शारीरिक सम्बन्ध पनि निकै जरुरी छ । प्रेममा शारीरिक सम्बन्ध भनेको सामान्य कुरा हो । शारीरिक सम्बन्धलाई समाजले नराम्रो तरिकाले हेरिदिन्छ ।

नेपालमा भने विवाह पछि मात्र शारीरिक सम्बन्ध हुनुपर्र्छ भन्ने सोच पाईन्छ । तर हामीलाई केही कुराको चाहना छ भने त्यसलाई दबाएर राख्नुहुदैन । तर, आफ्नो सम्बन्धलाई सुरक्षित बनाउने जिम्मेवारी भने हाम्रो नै हो । मायामा परेको जोडीले शारीरिक सम्बन्धलाई कुन पारामा लैजाने भनेर जहिले पनि सोच्नुपर्छ ।

उनीहरुले एक अर्कालाई शारीरिक सम्बन्धको लागि प्रयोग भने कहिल्यै गर्नु हुँदैन । माया र चाहनालाई एकै साथ राम्रो सँग लैजान सक्नुपर्छ । शारीरिक सम्बन्ध पछि केटा मान्छे फुर्किने र केटी मान्छे चाही पश्चतापमा पर्ने गर्नु हुँदैन । आफ्नो मनोभावनाको व्यवस्थापन गर्न सकियो भने आफैलाई फाइदा हुन्छ ।

स्रोत साभार : फर्सिनेटवर्क डट कमबाट 

प्रतिक्रिया दिनुहोस्