कक्षा ११ र १२ का विद्यार्थीले निःशुल्क पढ्न पाउने



कालिकोट, ४ फागुन । कालिकोटको पलाता गाउँपालिकाले कक्षा ११ र १२ मा निःशुल्कको अध्ययनको व्यवस्था गर्ने भएको छ । पलाता गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबाट भर्ना तथा मासिक शुल्क नलिने निर्णय कार्यान्वयनमा ल्याएकोे हो ।

रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क गरी कुल एक हजार राजश्व जम्मा गरेर कक्षा ११ मा भर्ना हुने विद्यार्थीले एक वर्षसम्म पैसा बुझाउनु पर्ने छैन।यद्यपी अघिल्लो वर्ष भर्ना भएका कक्षा १२ का विद्यार्थीलाई भने यो सुविधा उपलब्ध गराइएको छैन । भनि मेडिया एनपीमा खबर छ ।

अहिले कक्षा ११ मा भर्ना भएका विद्यार्थीले भने कक्षा १२ मा परिक्षा शुल्क वापत ६ सय रुपैयाँ बुझाउनु पर्ने छ ।पलाता गाउँपालिकामा चारवटा विद्यालयमा कक्षा ११ र १२ को पढाइ हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्