नेपाली सुगम संगितका एक चर्चित गायकको दिदि बताउने यि महिला सधै जसो पशुपति परिसरमा आफ्नो दैनिकी बिताउने गर्दछिन । पशुपति क्षेत्रमा गाईने भजन कार्यक्रममा धेरै जसो भेटीने यि महिलाले आफु गायक सुगम पोख्रेलको दीदी भएको बताउछीन् । उनी आफ्नो परिचय गायक सुगम पोख्रेलकी आफ्नै दीदी हु भन्दै दिने गर्दछिन् । सम्पर्क नम्बर भने दिन नरुचाउने उनको बारेमा सुगम पोख्रेल संग जोडेर निकै चर्चा हुन थालेको छ ।
नेपाली रंगीन दुनियामा फैलिने स्काण्डलको रुपमा यो अर्को रुप पनि हुन सक्छ । हिजो महानायककी श्रीमती हुँ भन्दै स्काण्डल मच्चाउने नारी जस्तै सुगम पोख्रेलकी दिदि बनेर कतै यि महिला पनि प्रचारमा आउन चाहेकी त होईनन ? सरसर्ती कुरा गर्दा सुगम पोख्रेको बारेमा सबै कुरा बताउछीन पनि , तर कुराकानी सुन्दा अल्लि असामान्य लाग्छ , त्यो मात्र होईन उनका गतिबिधि पनि केही असामान्य नै लाग्दछन् ।
पशुपति क्षेत्रमा भजनमा लिप्त हुने गरेकी यि महिला कतै म्युजिक बजेको सुन्नै हुन्न ज्यान छोडेर कम्मर मर्काउन थाली हाल्छिन् । यस्तो ईनर्जी कहाँ बाट आउछ भनि सोध्नेहरुका लागि उनको एउटै जवाफ आउँछ , “म गायक सुगम पोख्रेलकी आफ्नै दीदी हुँ , त्यसैले गित संगित त मेरो रगतमै छ ।” यसरी दिन दुईगुणा रात चौगुणा हुदै पशुपति क्षेत्रमा सुगम पोख्रेलकी दिदि भन्दै भाईरल बन्दै गएकी यि महिला को होलिन त ? (ओ एस नेपाल)