कति छ प्रधानमन्त्री केपी ओलीको तलब ? के जंगबहादुरको जति नै छ त ? (भिडियो सहित)



राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक र सेवासुविधा, प्रतिनिधिसभाको सभामुखदेखि संघीय सांसदसम्मको पारिश्रमिक तथा सेवासुविधासम्बन्धी ऐन तयार भइसकेको छ। प्रधानमन्त्री, मन्त्री, प्रदेशका मुख्यमन्त्री तथा मन्त्री र प्रदेश सभाका सभामुख, उपसभामुख तथा सांसदको पारिश्रमिक र अन्य सुविधासमेत ऐनबमोजिम हुने संवैधानिक व्यवस्था छ ।

तर, उनीहरूको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी ऐनको मस्यौदासमेत बनेको छैन । ऐन नबन्दासम्म हाल प्रधानमन्त्रीसहित मन्त्रीहरूले सरकारले तोकेबमोजिम पारिश्रमिक तथा सेवासुविधा लिँदै आएका छन्।

राष्ट्रपतिदेखि प्रदेश प्रमुखसम्म कसको तलब कति ?
राष्ट्रपति तथा उपराष्ट्रपतिको तलब
राष्ट्रपतिको मासिक पारिश्रमिक १ लाख ५० हजार ४५० रुपैयाँ (सेवासुविधाबाहेक)
उपराष्ट्रपतिको मासिक पारिश्रमिक १ लाख ८ हजार ३० रुपैयाँ (सेवासुविधाबाहेक)
प्रधानमन्त्री तथा मन्त्रीको तलब
संघीय ऐनबमोजिम प्रधानमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधा हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अहिलेसम्म सो ऐनको मस्यौदा तयार पार्न सकेको छैन। हाल सरकारले तोकेबमोजिम नै प्रधानमन्त्री र मन्त्रीले तलब पाउँदै आएका छन्।
प्रधानमन्त्रीको मासिक पारिश्रमिक : ७७ हजार २७५ रुपैयाँ (सेवासुविधाबाहेक)
मन्त्रीको मासिक पारिश्रमिक : ५८ हजार ७५० रुपैयाँ (सेवासुविधाबाहेक)

सभामुख, उपसभामुख र सांसदको तलब
संविधानअनुसार यसअघिको व्यवस्थापिका–संसद्ले संघीय संसद्का सभामुख, उपसभामुखलगायत सांसदहरूको पारिश्रमिक ऐनमा व्यवस्था गरिसकेको छ।
प्रतिनिधिसभा सभामुख र राष्ट्रिय सभा अध्यक्ष स् मासिक ६७ हजार ३२० रुपैयाँ (सेवासुविधाबाहेक)
उपसभामुख र उपाध्यक्षको मासिक पारिश्रमिक स् ६० हजार ९७० रुपैयाँ (सेवासुविधाबाहेक)
संघीय संसद्का सदस्यहरूको मासिक पारिश्रमिक स् ५५ हजार २३० रुपैयाँ (सेवासुविधाबाहेक)
प्रदेश प्रमुखको पारिश्रमिक
प्रदेश प्रमुखको मासिक पारिश्रमिक स् ६४ हजार रुपैयाँ (सेवासुविधाबाहेक)

प्रतिक्रिया दिनुहोस्