प्रदेश ७ का सातै मन्त्रीको शपथ ग्रहण एकसाथ : गृहमन्त्री प्रकाश शाह



धनगढी : प्रदेश ७ का सातै मन्त्रीले पद तथा गोपनीयताको शपथ एकसाथ ग्रहण गर्ने भएका छन्। एमालेले ढिलागरी चारै मन्त्रीको नाम टुंगो लगाएपछि मुख्यमन्त्रीसहित माओवादीका तीन र एमालेका चार मन्त्रीले शपथ गर्न लागेका हुन्। मुख्यमन्त्री त्रिलोचन भट्टसँगै माओवादीको तर्फबाट झपट बोहोरा अर्थमन्त्री र बिनिता चौधरी तामाङ आन्तरिक मामिला तथा कानुन मन्त्री बनेकी छन्।

एमालेबाट प्रदेश ७ को संसदीय दलको नेता प्रकाश शाह गृहमन्त्री बनेका छन्। दीर्घ सोडारी सामाजिक विकास, पठानसिंह बोहोरा भौतिक पूर्वाधार र माया भट्ट उद्योग पर्यटन मन्त्री बनेका छन्। एमालेले मन्त्रीको नाम छान्न नसक्दा तीन बजेका लागि तोकिएको शपथ ५ बजेका लागि सरेको हो

प्रतिक्रिया दिनुहोस्