सुस्मिताले भुवनलाई भनिन् “बोका ड्याडी” : खोलिन् जिया संग हनीमुन गएको कुरा



गत शुक्रबारबाट रिलिज भईरहेको चलचित्र ‘कृ’ ले दोस्रो हप्तामा प्रबेश गरिरहँदा निर्माण युनिटले ‘कृ’ ले राम्रो व्यापार गरेको र ६ दिनमा करिब साढे पाँच करोड बराबरको ग्रस कलेक्सन गरेको बताईरहँदा अनमोलकी आमा एवं भुवन केसी पुर्वपत्नी सुस्मिता बमजनले भने ‘कृ’ को कलेक्सनप्रति व्यंग्य गरेकीछिन् । उनले ‘कृ’ ले गरेको कलेक्सनको दाबी हावा भएको बताएकीछिन् ।

सामाजिक सञ्जालमाफर्त अनमोललाई नभई उनले भुवन केसी र जिया केसीप्रति व्यंग्य गर्न खोजेकी हुन् । उनले सार्वजनिक गरेको विवरण सत्य नरहेको र निर्मातालाई उल्टै डेढ करोड घाटा लागेको दावी गरेकी छन् । ‘के नाटक गरिरा होला ?? कति हाँस्नु, नाफा भएपनि कसले माग्छ, घाटा भए पनि कसले दिन्छ रु चुपचाप बसे भइ हाल्यो नी !,’ उनले लेखकी छन्, ‘एक पचास जति गयो त, हामी सबलाई थाहा छ । गएको छैन, आएको छ भनेर नाटक गरेर कसलाई उल्लु बनाएको होला है ?’ करिब डेढ करोड घाटा भएको भन्दै उनले स्कटल्याण्डमा छायाँकनको लागि भुवनले जीया केसीसँगै लैजाँदा भएको हनिमुनको ट्रिपले परिपुर्ती गरेको उनले उल्लेख गरेकीछिन् ।


उनले भुवन प्रति लक्षित गर्दै स्कटल्याण्डमा जियासँग हनिमुन गएको भन्दै रमाइलो भयो होला है ?भनेर समेत सोधेकी छन् । उनले भुवनलाई ‘सुगर ड्याडी’ र ‘बोका मुर्गा ड्याडी’, ‘सुगर फ्री’ नामले व्यंग्य गर्दे उपनामसमेत दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्