घुँडाको समस्या हुनुको प्रमुख कारणहरु यस्ता छन्



उमेर बढ्दै जाँदा मानिसहरुमा हड्डी खिइने र घुँडा दुख्ने समस्या देखापर्ने गर्छ । हाम्रो शरीरको भार घुँडामा पर्ने गर्छ । त्यसैले हामीले गर्ने हरेक कार्यहरुले घुँडामा असर पुर्याउँछ । घुँडाको समस्या नाउन दिनको लागी दैनिक क्रियाकलापमा ध्यान पुर्याउने गर्नुपर्छ । हामीले अहिले गर्ने गल्तीले हामीलाई पछि असर पर्ने गर्छ ।

घुँडाको समस्या आउनुको कारणहरु यस्ता छन् :

१) गलत तरिकाले बस्नु :
हामीले बस्ने तरिका सहि भएन भने हामीलाई घुँडा दुख्ने समस्याले सताउने गर्छ । खासगरी, लामो समयसम्म एउटै पोजिसनमा र टुक्रुक्क बस्नाले पनि घुँडाको मांसपेशीमा असर पर्छ । त्यसबाट घुँडा दुख्ने र सुन्निने गर्छ । लामो समयसम्म यस्तो समस्या रहिरहे यसले घुँडालाई हानी पुर्‍याउन सक्छ ।

२) हाई हिलको प्रयोग :
हाई हिल महिलाहरुमाझ लोकपि्रय छ । लामो समयसम्म हाई हिल जुत्ताको प्रयोगले शरीरको ढंग बिग्रने गर्छ । त्यसका कारण पैताला र घुँडामा नकारात्मक असर पार्छ । र, घुँडा दुख्ने समस्या उत्पन्न गराउँछ ।

३) धेरै वजन उठाउने :
आफ्नो शरीरको क्षमता भन्दा बडी वजन उठाउँदा हाम्रो घुँडामा असर पर्छ । यसले गर्दा हामीलाई घुँडा दुख्ने , सुनिने र खीइने समस्याले सताउँछ । त्यसैले हामीले कुनै पनि सामानहरु उठाउँदा हाम्रो घुँडामा असर नपुग्ने गरी उठाउनु पर्छ ।

४) आवश्यकताभन्दा बडी शारीरिक व्यायाम :
अहिलेको समयमा आफ्नो शरीरलाई आकर्षक बनाउनको लागी प्राय युवाहरु जिम जाने गर्छन् । त्यहा उनीहरु आफ्नो शरीरलाई आवश्यक पर्ने व्यायामभन्दा बडी व्यायाम गर्ने गर्छन् । यसले घुँडामा असर पुर्याउँछ । जसले गर्दा उमेर बढ्दै जाँदा घुँडा सम्बन्धि रोगहरुले सताउने गर्छन् ।

५) मोटोपना :
एकाएक मोटोपना बढेमा समयमै नियन्त्रण गर्नु आवश्यक छ । नत्र, सम्पूर्ण शरीरको भार घुँडामा पर्ने गर्छ । र, घुँडा कमजोर भएर दुख्ने समस्या उत्पन्न हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्