एमाले भोजपुर-काठमाडौं सम्पर्क मंचमा राई सर्बसहमत निर्वाचित



एटम शर्मा /काठमाडौं, ६ फागुन २०७४

नेकपा एमाले भोजपुर काठमाडौं सम्पर्क मंचको अध्यक्षमा दिलीपकुमार राई सर्बसहमत निर्वाचित भएका छन् । हिजो प्रज्ञा भवन कमालादिमा भएको मंचको १२ औँ सम्मेलनबाट राई सर्बसहमत अध्यक्ष भएका हुन्  ।

एमाले केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मेलनमा अध्यक्षको प्रत्यासीमा निवर्तमान उपाध्यक्ष शारदा घले र कोषाध्यक्ष दिलीपकुमार राई थिए  । सर्बसहमत रुपबाटै मंचको नेतृत्व चयन गर्ने भन्दै आएका दुबै प्रत्यासी मध्ये घलेले राईलाई समर्थन गरे पछि राई अध्यक्षमा निर्बिरोध निर्बाचित भएका हुन्  ।

कमिटीमा अध्यक्ष दिलीपकुमार राई, उपाध्यक्ष भिमराज राई, सचिव भद्र पराजुली, सहसचिव पुर्वा तेन्जी शेर्पा र कोषाध्यक्ष जगतमान योगी सहित १२ जना सदस्यहरु सर्बसहमत रुपबाटै निर्बाचित भएका छन्  ।

मंचको निवर्तमान अध्यक्ष रेजिन श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा पार्टी सम्पर्क समन्याय कमिटीका सहसंयोजक बिजय गुरुङ , केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज जयन्ती राई, वैकल्पिक केन्द्रीय सदस्य हरि राई, पुर्व पर्यटन मन्त्री कृपासुर शेर्पा  तथा प्रदेश सम्पर्क संघठन कमिटी प्रदेश १ का संयोजक इन्द्र भण्डारी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिने क्रममा आजको  सम्मेलन सम्पर्क मंचहरु मध्येकै पहिलो सम्मेलन भएको  भन्दै प्रमुख अतिथि ज्ञावालीले निवर्तमान कमिटी र समग्र भोजपुर प्रति खुलेर प्रसंसा समेत गरेका थिए   ।

 

प्रतिक्रिया दिनुहोस्