धुर्मुस ओली सरकारमा भौतिक पूर्वाधार मन्त्री बन्दै



काठमाण्डौं, ६ फागुन २०७४

आफुले सपथग्रहण गरे संगै लालबाबु पण्डितलाई मन्त्री बनाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा भइरहेको छ । यतिखेर  दिनको संकेत बिहानीले गर्छ भनेझैं ओली सरकारले शुरुमै पण्डितलाई मन्त्री बनाएर जनतामा सकारात्मक सन्देश प्रवाहित गरेका छन्  । लालबाबु जस्ता स्वच्छ छवि भएका र काम गर्नेलाई सरकारमा लगे जस्तै मन्त्रीमा गैरराजनीतिक र जनताबीच लोकप्रिय मान्छेलाई सरकारमा पुर्‍याउनु पर्ने नागरिकको माग रहँदै आएको छ ।

नागरिकको यहि माग पूरा हुने भएको छ । किनकी ओली सरकारमा हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) पनि मन्त्री बन्दैछन् । तर, प्रधानमन्त्री ओली आफैले धुर्मुसलाई मन्त्रीमा लैजान लागेका भने होइनन् । न त सीताराम कट्टेलले नै मलाई मन्त्री दिनु पर्‍यो भनेका छन् ।

अहिले सामाजिक सञ्जालहरुमा सामाजिक क्षेत्रमा राम्रो काम गरेका ब्यक्तित्वहरुलाई लैजानुपर्ने धारणाहरु प्रकट भइरहेका छन् ।
सामाजिक सञ्जालहरुमा भूकम्पपछि मुसहर बस्तीदेखि सिन्धुपाल्चोकका बस्तीमा घर बनाउने कलाकार सीताराम कट्टेल धुर्मुसलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउन सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा धुर्मुसलाई भौतिक पूर्वाधार मन्त्री, लोडसेडिङ हटाउने जनार्दन शर्मालाई ऊर्जामन्त्री , डा. गोविन्द केसीलाई स्वास्थ्य मन्त्री र नवराज सिलवाललाई गृहमन्त्री बनाउनुपर्ने सुझाव आइरहेका  छन् । यीमध्ये नवराज सिलवाल मात्र सांसद हुन् । तर दुखको कुरा नेपालको संविधान २०७२ मा सांसद नभएको ब्यक्ति मन्त्री हुन पाउँदैन ।- नयापेज

प्रतिक्रिया दिनुहोस्