विप्लवको कार्यक्रममा प्रमुख अतिथि सुदर्सनलाई प्रहरीद्वारा बाटैबाट गिरफ्तार



विराटनगर, ६ फागुन २०७४

विराटनगरमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टीको एक कार्यक्रममा प्रहरीले धरपकड गरी केही शीर्ष नेतालाई पक्राउ गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको युवा सगठन राष्ट्रिय युवा जनस्वयम्सेवकको राष्ट्रिय सम्मेलनमा प्रहरीले हस्तक्षेप गरी नेताहरुलाई पक्रेको हो । प्रहरीले  नेकपाका स्थायी कमिटी सदस्य प्रकाश ओली शुदर्शनसहित सातजनालाई आइतवार गिरफ्तार गरेको हो ।

नेकपाका स्थायी समिति सदस्य सुदर्शन र पोलिट्ब्युरो सदस्य पदमबहादुर राई ‘बिकास’ सहित सातजनालाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ । अहिले दिउँसो उद्द्घाटन हुने युवाको सम्मेलनका प्रमुख अतिथि बनेर सम्बोधन गर्न जाँदै गर्दा ओली  बाटैबाट गिरफ्तार भएका हुन् । त्यसैगरी बिराटनगरको गुद्री बजारस्थित सम्मेलनस्थलमा प्रहरीले हस्तक्षेप गरेर कार्यक्रम पनि बिथोलिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्