कसैले षडयन्त्र गरेपनि वाम एकता भएरै छाड्छ: प्रचण्ड



काठमाडौं, ६ फागुन २०७४

वाम एकतालाई कसैले रोक्न नसक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  बताएका छन् ।

महोत्तरीको हात्तीलेटमा आयोजित जनसभामा प्रचण्डले वाम एकता भाँड्न ठुलै चलखेल भइरहेको बताए ।

‘गठबन्धन फुटाउने षड्यन्त्र हुँदैछ, त्यसलाई अन्तिम समयसम्म पुरा हुन दिन्नँ’ तर, कसैले षडयन्त्र गरेपनि वाम एकता भएरै छाड्ने उनको दाबी छ ।
दक्षिणपन्थी र देशभित्रका बिरोधीहरु वाम एकता भाड्न लागेको भन्दै उनले बिरोधीको एम्बुसमा कोही नेता कार्यकर्ता नपर्न र सचेत रहन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्