काठमाडौं, ६ फागुन २०७४
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भए लगतै आफ्ना ५ नयाँ निर्णय सार्बजनिक गरेका छन् । प्र.म. ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान अन्तरगत रहेर उक्त ५ निर्णय गरेका हुन् ।
उनले गरेका ५ निर्णय यस्ता छन् ।
१) नेपालको संबिधान कार्यान्वायन गर्ने
पहिलो बुँदा अन्र्तगत राज्यको पुर्नसंरचना अन्र्तगत तीनै तहका सरकारलाई जनमुखी, सवल र प्रभावकारी बनाउने निर्णय गरिएको छ। त्यस्तै तीन वटा राज्यका तहमा कानुनी व्यवस्था, प्रशासनिक संरचना र जनशक्तिको व्यवस्थापन गर्ने निर्णय प्रधानमन्त्री ओलीले गरेका छन्।
२) आर्थिक समृद्धिका लागि कृषिको आधुनिकरण र व्यवसायीकरण ।
दोस्रो नम्बरको बुँदामा प्रधामन्त्री ओलीले उद्योगहरुको संरक्षण, स्थापना र विकासलाई समावेश गरेका छन्। विकासका पुर्वाधारहरु यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता जनसरोकारका बिषय र विकासलाई जनतामा प्रत्याभुत गर्ने गरि अघि बढाउने निर्णय गरिएको छ। पर्यटन तथा सेवा क्षेत्रको विकास गर्ने र वृहत रुपमा आन्तरिक तथा वाह्य लगानीको अभिवृद्धि गर्ने लक्ष्य नयाँ सरकारले लिएको छ। देशको उत्पादकत्व वृद्धि गर्ने, वृहत पुर्वाधार विकासमा जोड दिने, उद्योग र आर्थिक क्रियाकलापको विस्तारका लागि लगानीमैत्रि वातावरणको विकास गर्ने र अर्थतन्त्रका सबै क्षेत्रलाई गतिशिल बनाई राष्ट्रिय पुजी विकासलाई प्राथमिकता दिने सरकारको प्राथमिकतामा छ।
३) आम रुपमा रोजगारीका अवसरको सिर्जना गर्ने ।
नयाँ सरकारले मुलुकमा देखिएको चरम बेरोजगारीको समस्यालाई सम्बोधन गर्ने कार्यक्रम अघि सार्ने निर्णय गरेको छ। आम रुपमा रोजगारीका अवसर सिर्जना गरेर मुलुकलाई समृद्धतर्फ अघि बढाउने सरकारको संकल्प छ।
४) सामाजिक न्याय, समानताको व्यवहारिक रुपमा कार्यान्वयन गर्ने ।
चौथो बुँदामा संविधानमा रहेको सामाजिक न्याय, समानतालाई व्यवहारिक रुपमा जनतालाई प्रत्याभुत हुने गरि काम गर्ने सरकारको निर्णय छ।
५) शासकिय सुधार र भ्रष्टचार नियन्त्रण गर्ने ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता अपनाउने निर्णय गरेका छन्। भ्रष्टाचार नियन्त्रण र निर्मूलनमा कडाईका साथ उत्रने उद्घोष प्रधानमन्त्री ओलीको छ।
नयाँ सरकारले प्रमुख राष्ट्रिय कार्यसुुचि उल्लेख्यनिय सफलता प्राप्त गर्न राज्यका सम्पुर्ण स्रोत, साधन, सार्मथ्य र सयन्त्रलाई अभियानको रुपमा परिचालन गर्ने समेत निर्णय गरेको छ। यस्तै देशका प्रचुर सम्भावनालाई साकार बनाउन नीतिगत ढङ्गले सम्बोधन गर्ने निर्णय समेत प्रधानमन्त्री ओलीले गरेका छन्।