काठमाडौं,६ फागुन २०७४
दुई भिन्न परिस्थितिबाट आएका, भिन्न विचार भएका दुई व्यक्ति विवाह बन्धनमा बाँधिन्छन्। भिन्दै पृष्ठभूमी हुँदा जीवनसाथी बीच विभिन्न विषयमा मतभेद हुने गर्छ। आ-आफ्नो रोजाई अनुसार लुगा लगाउने विषयमा समेत कतिपय श्रीमान-श्रीमतीको झगडा पर्ने गर्छ।
तर जापानका एक ६० वर्षीय दम्पतीबीचको व्यवहार भने फरक छ। ३८ वर्षअघि विवाह बन्धनमा बाँधिएको यो जोडीले बिहेपछि अहिलेसम्म एकैखालको पहिरन लगाउँदै आएका छन्।
श्रीमान श्रीमतीले सधै म्याचिंग ड्रेस लगाउने गरेका कारण हरेक ठाउँमा उनीहरुआकर्षणको केन्द्र बन्ने गरेका छन् भने इन्स्टाग्राम तथा सोसल मिडियामा समेत उनीहरुको तारिफ हुने गरको छ।
बिहेपछि श्रीमान श्रीमतीले कहिल्यै पनि फरक फरक रंग तथा ढाँचाका कपडा नलगाउने उनीहरु फेसनको मामिलामा युवाहरु भन्दा पनि अगाडि मानिन्छन्।