काठमाडौं, ६ फागुन २०७४
पैसा पनि कमाइने, केटी पनि पछि लाग्ने काम के छ भनेर साथीले सोध्दै थियो, मैले त पानीपुरी र चटपटेको व्यापार गर भनिदिए ।
o o o
केटी : दाइ, “कृ” को टिकट दिनु त ।
टिकटवाला : ब्लाकमा मात्र छ, हुन्छ ??
केटी : ह्या, पिंकमा छैन ??
o o o
५० कर्मचारीको आवश्यकता
दिनको ४ घण्टा मात्र काम गर्नुपर्ने
मासिक ३० हजार तलब
हप्तामा २ दिन छुट्टी
कोठाको भाडा, गाडी भाडा
मोबाइल खर्च सबै अफिसबाटै पाइने
ग्राह्यता : नेपालीमा लेख्न, पढ्न र बोल्न सक्ने
कार्यक्षेत्र : नेपालभरि जहाँ पनि हुन सक्ने ।
…..
(यस्तो सूचना कतै टाँसिएको देख्नुभयो भने खबर गर्नु है, सँगै जानुपर्छ ।)
o o o
शेरेले छुट्टीका लागि यस्तो निवेदन पेस गरेछ ।
हेल्लो सर,
ह्वेन आई कम कम
पानी पर्यो झम झम्
लेग मेरो चिप्लियो
आई लडिङ ठामको ठाम्
झर्यो माई ब्याग,
बुक भिज्यो कसम्
त्यसैले टुडे
आई विल नट कम
योर्स फाल्तू विद्यार्थी
शेरे…
o o o
शेरे बाहिर घुम्न जान भनेर हिँड्यो
घरबाट तल ओर्लिएपछि थाहा भयो,
मोबाइल, चस्मा र रुमाल त माथि नै छुटेछ ।
शेरेले तलैबाट बूढीलाई कराएर भन्यो–
‘मेरो रुमाल, मोबाइल र चस्मा तल झार्दे त ।’
बूढीले माथिबाटै चस्मा फ्याँकिदिई
झर्यामझुरुम फुट्यो
फेरि मोबाइल फ्याँकी
त्यो पनि झर्याम झुरुम फुट्यो
शेरे करायो
ए पख पख, रुमाल लिन मै माथि आउँछु ।
o o o
लोग्ने : तिमीसँग विवाह गरेर मलाई एकदमै फाइदा भएको छ ।
स्वास्नी : (खुसी हुँदै) हो र, कसरी ?
लोग्ने : मैले गरेको पापको सजाय म जिउँदो हुँदै पाइरहेको छु नि त ।