बैंकमा काम गर्ने केटीसँग प्रेम गर्न साह्रै गाह्रो हुँदो रहेछ



काठमाडौं, ६ फागुन २०७४

बैंकमा काम गर्ने केटीसँग

प्रेम गर्न साह्रै गाह्रो हुँदो रहेछ ।

लभलेटर लेखेर पठा’को

केही बेरमा फोन गरेर भन्छे—

सिग्नेचर मिलेन ।

o o o

शेरेका बूढाबूढी भाडामा बस्दा रै’छन्

सुतिराख्या बेला भुइँचालो आएछ ।

बूढी : उठ्नुस न, घर कस्तरी हल्लिराखेको छ, ढल्छ जस्तो छ ।

शेरे : चुप लागेर सुत न्, हाम्रो घर हो र ???

o o o

 

एयर होस्टेज : हवाई सुन्दरी

नर्स : दबाई सुन्दरी

लेडी टिचर : पढाई सुन्दरी

वाइफ : लडाइँ सुन्दरी ।

o o o

शेरे कथन : किताब समात्यो ८ बजे नै निद्राले झुप्प पार्छ, मोबाइल समात्यो भने राति १ बजेसम्म निद्रै आउन्न !! के यो माया हो ??

o o o

चित्र अनि चरित्र उस्तै–उस्तै हुन्

सजाएर राख्न जान्यो भने अमूल्य हुन्छ

बजारमा पिँजायो भने व्यापार ।

o o o

यो केटा भएर नि बाँच्न गाह्रो रै’छ

जिएफले भन्छे पिउन छोडिदेऊ तिमीलाई मेरो कसम

अनि साथीहरू भन्छन्, साला पिउनुपर्छ तँलाई भाउजूको कसम ।

o o o

दाइको छोरा भएछ, हेर्नुस् है, अब न्वारान गर्ने दिन आयो ।

पण्डितलाई बोलाइयो : नाम ‘अ’ बाट राख्नुपर्ने भयो ।

दाइले छोराको नाम ‘अमेरिका’ राखे ।

हामी लगायत पण्डित पनि छक्क पर्दै दाइलाई सोध्यौं, दाइ किन अमेरिका नै राख्ने नि ??

दाइले थोरै शिर ठाडो पारे, छाती अलिक फुलाएर गर्व अनि घमन्डका साथ भने–

साले यो स्वार्थी संसारलाई म बताइदिन चाहन्छु कि म अमेरिकाको बाउ हुँ ।

प्रतिक्रिया दिनुहोस्