मधेसी सांसदले संसद बैठकमै देखाए यस्तो आवारापन : यतिसम्म असंवेदनशील सांसद !



प्रदेश सांसदबाट जनताले के अपेक्षा गर्ने ? यसको जवाफ पनि सांसदहरुले नै दिनु उपयुक्त हुन्छ ।प्रदेश नम्बर २ का सांसदहरुले भने संसद भवनभित्र बैठक चलिरहँदा गतिलै जवाफ दिएका छन् । यहाँ प्रस्तुत गरिएका केही तस्विर हेर्ने हो भने सांसदहरुको असंवेदनशिलता र लापरवाहीपन प्रष्टै देखिन्छ ।

तपाईँले पनि यी तस्विर हेर्नुभयो भने उनीहरुको नियत बुझ्न कठिन छैन । प्रदेश नम्बर २ को संसद बैठक चलिरहँदा सांसदहरुले देखाएको आवारापन हो यो ।बैठक जारी रहँदा उनीहरु फोनमा बोलिरहेका छन् । कसैले त भिडियो नै खिचेका छन् । केही सांसद भने मस्तसँग निदाइरहेका छन् ।प्रदेशसभाका सांसदहरु प्रारम्भिक बैठकमै यतिसम्म आवारापन देखाउँछन् भने उनीहरुसँग के अपेक्षा गर्ने ? आगामी ५ वर्षमा ती सांसदले जनताको लागि के गर्लान् ?

बैठक चलिरहँदा फोन स्विच अफ गर्नुपर्ने होइन ? अर्थात् बैठकमा भएका बहसबारे उनीहरु कत्ति पनि संवेदनशील देखिएनन् । यसले के पुष्टि हुन्छ भने उनीहरु जनताको मतदान र विश्वासमाथि लात हानिरहेका छन् ।मधेसमा भएका आन्दोलनमा थुप्रैले ज्यान गुमाए । उनीहरुकै बलमा संघीय राज्य स्थापित भयो । फेरि मतदान गरी नेता पनि चयन गरे । तर ती सबै जनप्रयास यस्तै आवारापन देख्नलाई थियो त ?
समाचार स्रोत : नेपाल आज

प्रतिक्रिया दिनुहोस्