०६३ साल पछिका राजनीतिकको समिक्षा गर्ने समय आयो : पूर्वराजा ज्ञानेन्द्र



पूर्वराजा ज्ञानेन्द्र शाहले ६८औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा विज्ञप्ती जारी गरेका छन् । उनले ११ वैशाख २०६३ साल यता भएका राजनीतिक अभ्यासको समिक्षा गर्नुपर्ने बताएका छन् । शाहले प्रजातन्त्र भनेको चिर्वाचनहरुको आयोजना मात्रै हो भन्ने भ्रम नराख्न पनि चेतावनी दिएका छन् ।

उनले ०६३ सालपछि देश र जनताको हितप्रति संवेदशीलता एवं जिम्मेवार भएर व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रित सोचको पासमा राजनीति अल्झिएको छ ? त्यसको समीक्षाको समय आएको बताए ।

उनको विज्ञप्तीमा भनिएको छ,‘सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्रको रुपमा जनताले आत्मसाथ गरिदिनुपर्ने हो कि होइन ? कानुनी राज एवं सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोर्नुपर्ने हो ?’

प्रतिक्रिया दिनुहोस्