कुकुर रोएको अशुभ संकेत दिएको हुनसक्छ ?



हाम्रो टोल छिमेकमा सजिलै भेटिने र घरमा पालिने कुकुर तथा बिरालो हामीमध्ये कतिपयलाई असाध्यै मन पर्छ भने कतिपयलाई देख्दैमा रिस उठ्छ । अझ बिरालोले बाटो काट्दा अनि कुकुर रुदाँ हामीमध्यै धेरैले तिनिहरुलाई लखेट्ने गर्दछौ । यिनिहरु रोएमा तथा कराएमा आउदो दिनमा अशुभ घट्ना घट्ने भन्नेमा हामी विश्वास गर्ने गर्दछौँ ।

वास्तवमा कुकुर भुक्नु वा रुनु उनीहरु एक अर्कामा सन्देश आदानप्रदान गर्नु हो । आफ्नो पीडाको र दुखका कारण कुकुर प्राय रुने गर्दछन् ।कुकुरहरु आउदो दिनको आपतविपत् तथा कष्टको सङ्केत मानिसलाई दिन रुने गर्दछन् ।

एक्लै रहन मन नगरेर कुकुरलाई मानिसको साथमा बस्न मनपर्छ । चाहे त्यो घरको होस वा भुस्याहा उसलाई घरमा होस् या बाटोमा एक्लै छोडिदिएमा ऊ एक्लै बसेको पीरले रुने कराउने गर्दछ ।

इलाकामा हक जमाउन जुनसुकै कुकुरको पनि आफ्नो निश्चित क्षेत्र तथा इलाका हुने गर्दछ । यि कुकुरहरु आफ्नो इलाकाको रक्षा गरिरहेका हुन्छन् ।तसर्थ कुकुरहरु पनि एउटा इलाकाको कुकुरलाई अर्को इलाकामा आउन नदिन तथा उसलाई चेतावनी दिन कुकुर ठुलो स्वरले रोएर तथा भुकेर आफ्नो साथीहरुलाई सन्देश प्रदान गर्ने गर्दछ ।

रिसको झोकमा कुकुरहरु ठूलो स्वरमा भुक्ने गर्दछन मूलत यिनीहरु धेरै रिसालु भएका कारण आफ्नो रिस कम गर्न ठुलो स्वरले भुक्ने तथा रुने गर्दछन् ।

आउँदो दिनमा हुने विपतिको सङ्केत दिन कुकुर, बिरालो एवम् जुनसुकै जनावर होस् यिनिहरुलाई ईश्वरले एक खास शक्ति दिएका हुन्छन् ।

जसले यि जनावरहरु आउने आपतविपत तथा सङ्कटको सङ्केत यिनिहरुले दिने गर्दछन् । यदि कुनै न कुनै जनावर चाहे त्यो कुकुर होस् या विरालो तिनिहरु विनाकारण कराएमा तथा रोएमा कुनै न कुनै सङ्कट आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्