जान्नुहोस् ! कस्ता युवकसँग युवतीहरुको आकषर्ण बढी



खुल्ला विचार
आजकल सम्बन्ध छिटो टुक्रिनुमा पार्टनरहरूले एकअर्कालाई बढी रोकटोक लगाएर हो । आफ्नो प्रेमीले आफूलाई बढी रोकटोक गर्न थाल्यो भने युवतीलाई झिँझो लाग्छ । खुल्ला विचार राख्ने र पर्सनल स्पेस दिने युवकलाई मात्र युवतीले मन पराउँछन् ।

आत्मविश्वासी
आजकलका केटा हरेक कुरामा कन्फ्युज हुन्छन् । यस्ता कन्फ्युज्ड केटालाई युवतीहरूले मन पराउँदैनन् । आत्मविश्वासी तथा आफूमाथि भरोसा राख्ने केटालाई युवतीहरू मन पराउँछन् ।

रमाइलो गर्ने
रिसाहा र झर्किने खालको प्रेमी चाहँदिनन् एक युवतीले । उनीहरू बुद्धिमान् र रमाइलो गर्ने खालको युवकलाई दिल दिन्छन् । आफू पनि खुशी रहने अनि प्रेमिकालाई खुशी राख्ने युवकलाई युवतीले मन पराउँछन् । प्रेमिकाको सानो गल्तीलाई बढाइचढाइ गरेर रुवाइदिने युवकलाई युवतीले दुत्कार्छन् ।

कलाकार
कलाकारिता जानेका युवकलाई युवतीले मन पराउँछन् । भनिन्छ नि, गितार बजाउन जान्ने केटाले सजिलै केटी पट्याइदिन्छ । बोल्ड नेचर भएका अनि प्रतिभाशाली युवकलाई युवतीले मन पराउँछन् ।

प्रतिक्रिया दिनुहोस्