बिना हेलमेटमा ५ जना द्रुत गतिमा कुदेको मोटरसाइकल रोकेर प्रहरीले गरे सडक मै नमस्कार ! आखिर किन ?



सामान्यतया मोटरसाइकलमा कति जना यात्रा गर्न मिल्ला ? बढी दुइ जना मात्र, ट्राफिक नियम अनुसार पनि दुइ जना भन्दा बढि सवार गर्न पाइन्छ,तर एउटा मोटरसाइकलमा ५ जना व्यक्ति चडेको दृश्यले अचम्मको घटना घटेको छ |

१-२ जना चढ्दा त जोखिम हुने सवारीमा ५ जना चढेको अवस्थामा त्यो यात्रा कति सुरक्षीत होला ? यसैबिच भारतमा एकै परिवारका पाँच सदस्य सवार भएको एउटा बाइकलाई रोकेर प्रहरीले चालकलाई नमस्कार गरेको तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

हनुमन्थ रायडुले चलाएको बाइकमा बच्चासहित पाँच जना सवार छन् । चालकले हेलमेटसमेत लगाएका छैनन् । चालक आफ्नो परिवारका साथ कतै गइरहेको समयमा प्रहरी चेकिङमा परेका हुन् । भारतकै एक प्रहरी अधिकारीले मंगलबार ट्विटरमार्फत सार्वजनिक गरेको उक्त तस्वीरकैयौँ पटक ट्वीट र ‘रि–ट्वीट’ गरिएको छ ।

यो दृश्य आन्ध्र प्रदेशको अनन्तपुर जिल्लाको हो बेंग्लोरका पूर्वी भेगका डीसीपीले ट्विट गर्दै लेखेका छन्, ‘यसले (पुलिकसकर्मी) अरु के नै गर्न सक्छ र रु हामीसँग सँधै एउटै विकल्प हुन्छ, हमेशा सुरक्षित विकल्प चुन्ने ।’उक्त फोटोमा हजारौं लाइक,कमेन्ट गरेका छन् | (मीडिया एन पी)

प्रतिक्रिया दिनुहोस्