बहुऔषधिय गुणयुक्त ‘बेल’ महत्व नबुझ्दा त्यसै खेर



प्रशोधन शीपको अभाव र महत्व नबुझ्दा नेपालको हजारौं हेक्टर जंगलमा सजिलै र सित्तैमा पाइने बहुऔषधिय गुणयुक्त बेल यत्तिकै खेर गैरहेको छ ।

गर्मि हावापानी भएका ठाउमा विभिन्न सामुदायीक, निजी र धार्मिक वनमा प्रसस्तै बेल पाइने भएपनि संकलन र प्रसोधन गरि बिक्रि गर्ने तर्फ ध्यान नपुर्याइदा स्वामित्ववाहक समुदाय बन र स्थानीयले अतिरिक्त आम्दानीका हिस्सा गुमाई रहेका छन् ।

जंगलबाट संकलन गरेर स्थानीय बजारसम्म पुर्याउन सकेमात्रै पनि ताजा बेल प्रतिकिलो १५ देखि २० रुपैयाँसम्ममा बिक्रि हुन्छ । सामुदायीक वनमा बेल सजिलै पाईने भए पनि त्यस बाट आम्दानी लिन नसकिएको मार्से सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष पूर्ण लिम्बुले बताए ।

स्थानीय स्तरमा खुलेका केहि सर्वत उत्पादन उद्योगले बेल प्रयोग गर्ने गरेको भएपनि प्रसोधन प्रविधिमा सुधार ल्याउन नसक्दा ब्यबशायीक बन्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्