प्राध्यापकद्वय रेग्मी र खरेल सम्मानित



काठमाडौँ, ७ फागुन

राष्ट्रिय समाचार समिति (रासस)ले ५७औँ वार्षिकोत्सवको अवसरमा प्राध्यापकद्वय पी खरेल र रामकृष्ण रेग्मीलाई सम्मान गरेको छ ।

वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा (रासस)का पूर्व अध्यक्ष प्रा खरेल र (रासस)का पूर्व प्रमुख समाचारदाता प्रा रेग्मीलाई सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सम्मान गर्नुभयो ।

यसैगरी उत्कृष्ट स्थानीय समाचारदाता पुरस्कार (स्ट्रिन्जरतर्फ) प्रदेश नं १ बाट केदार मगर (खोटाङ), प्रदेश नं २ बाट गोपाल बराल (बर्दिवास–महोत्तरी, प्रदेश नं ३ बाट रामहरि न्यौपाने (नुवाकोट), प्रदेश नं ४ बाट सन्देश पौडेल (लमजुङ), प्रदेश नं ५ बाट उमा केसी (लिवाङ, रोल्पा), प्रदेश नं ६ बाट नरबहादुर रिजाल (दैलेख), प्रदेश नं ७ बाट राजेन्द्रप्रसाद पनेरु (कञ्चनपुर) र उपत्यकाबाट कल्पना पौडेल (काठमाडौँ) लाई प्रदान गरिएको छ ।

त्यसैगरी, उत्कृष्ट आलेख समाचारतर्फ     काठमाडौँ उपत्यकाबाट कुमारप्रसाद चौलागाई (रासस केन्द्रीय कार्यालय, शीर्षक : ‘आंगिक क्याम्पसमा आन्तरिक लेखा परीक्षणमै अनियमितता’), अजयकुमार साह (स्थानीय समाचारदाता, स्ट्रिन्जर, धनुषा, शीर्षक :‘निधिको विरासतमाथि महतोको चुनौती) तथा उत्कृष्ट आलेखतर्फ अन्तर्राष्ट्रिय समाचार शाखाका वरिष्ठ सम्पादक मोहिनी मिश्र (रिसाल) (शीर्षक :अब ‘तीन तलाक’ ले रुने छैनन् मुस्लिम महिला)लाई प्रदान गरिएको छ ।

यस्तै, उत्कृष्ट फोटोतर्फको पुरस्कार रोशन सापकोटा (काठमाडौँ उपत्यका), सीताराम अधिकारी (स्थानीय समाचारदाता, धादिङ) र उत्कृष्ट अडियो रिपोर्टतर्फ विनोदसिंह विष्ट (स्थानीय समाचारदाता बैतडी) लाई प्रदान गरिएको छ ।

यसैगरी, राससको भौतिक सम्पत्तिको संरक्षण र सम्वद्र्धनमा विशेष भूमिका निर्वाह गर्ने मोहम्मद सदरुल (प्रमुख, रासस भद्रपुर कार्यालय, चन्द्रगढी, प्रदेश नं १), वीरेन्द्रनारायण कर्ण (प्रमुख, रासस वीरगञ्ज कार्यालय, प्रदेश नं २) र आशाराम चौधरी (स्थानीय समाचारदाता, रासस लहान÷सिरहा) लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही पाँच हजार रहेको छ ।

त्यसैगरी समितिमा २० वर्ष अविच्छिन्न रुपमा स्थायी सेवा पूरा गर्ने कर्मचारीलाई वार्षिकोत्सवका उपलक्ष्यमा दीर्घसेवा पदकसहित पुरस्कृत गरिएको छ । दीर्घसेवा प्राप्त गर्नेमा दीपराज सन्याल (प्रमुख :अंग्रेजी समाचार शाखा, रासस केन्द्रीय कार्यालय), मनोज कार्की (कार्यकारी सम्पादक :अंग्रेजी सम्पादन शाखा, रासस केन्द्रीय कार्यालय) र मनोज दाहाल (उप समाचारदाता, रासस विराटनगर कार्यालय– प्रदेश नं १) हुनुहुन्छ ।

त्यसैगरी चन्द्रलाल श्रेष्ठ (सवारी चालक, पाँचौँ, रासस केन्द्रीय कार्यालय) र दानबहादुर साउद (कार्यालय सहयोगी, रासस धनगढी कार्यालय–प्रदेश नं ७) लाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्