नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरे सँगै बिभिन्न बहस हरु सुरु भएका छन । बन्द, बन्दकर्ताको माग पुरा गर्ने बाटो होला तर यो कदापी देश विकासको पक्षमा रहँदैन ।
राजनैतीक पार्टिहरुले माग पुरा गर्ने प्रमुख हतियारको रुपमा बन्दलाई लिँदा यस्का भुक्तमान आम जनताको जीवनस्तर झनै नाजुक र कष्टकर बन्दै गएको छ । जनतालई सास्ति पुग्नेगरि गरिने बन्दले देशमा अस्थिरता पैदा गर्छ । भोका नाङ्गा जनताको जीवनस्तर दयनीय स्थितिमा पर्याउँछ । नेपालमा बन्दका कार्यक्रमलाई हेर्दा सबैखाले कार्यक्रम परम्परागत शैलीमा सबैखाले कार्यक्रम परम्परागत शैलीमा छन् ।
सन् २००८ देखि अहिले सम्म भएका बन्दका कार्यक्रमलाई फर्केर हेर्दा हालसम्म जनजाती एवं गठबन्धनसमूहले २ सय २६ पटक बन्द गराए । त्यस्तै स्थानीय समूदायले अघि सारेका बन्द कार्यक्रमलाई हेर्दा ३ सय ६५ पटक बन्द गरे भने यातायात युनियनले ३ सय ८३ पटक बन्दको बाटोे अपनाए ।
बिद्रोहि समूहले गरेको बन्द संख्या ७ सय ४२ पटक छ भने देश विकास र संविधान निर्माण गर्ने पार्टी राजनीतिक दलले गरेको बन्द सबै भन्दा उच्च शिखरमा छ । जसमध्ये एक हजार ६ सय २१ पटका कार्यक्रम अपनाए । यो संगै अन्य विविध मागको पक्षमा एक सय ४ पटक बन्दका कार्यक्रम भए । आफूले माग पुरा गर्ने र निकाश खोज्ने भन्दै सम्पूर्ण जनजीवनलाई नै अस्तव्यस्त पार्न गरिने बन्द कहिले पनि जनताको हितमा हुँदैन ।
हालसम्मको तथ्यांकलाई हेर्दा सन् २०१० मा सबै भन्दा बढी बन्दका कार्यक्रम भए भने सन् २०१७ मा सबै भन्दा कम बन्दका कार्यक्रम भए । खासगरि बन्द राजनैतीक पार्टीको माग पुरा गर्ने बाटो बनेको छ । देश र जनताको प्रगति चाहानेले बन्दका कार्यक्रम सधैका लागि बन्द गर्नु पर्छ ।अब नेपाल बन्द हैन नेपाल बन्दै छ ।