बलिउड सुपरहिट चलचित्र बाहुबली दर्शकहरुद्वारा अत्यधिक मन पराइएको चलचित्र हो । उक्त चलचित्रमा देखाइएको माहिष्मती राज्यको सेट ५५ करोडमा तयार पारिएको थियो भने सेटको तयारि गर्नका लागि ५०० जना मानिसहरु लागेको थियो । करिब ५० दिन लगाएर माहिष्मतीको सेट तयार पारिएको थियो । चलचित्रको पहिलो भागमा देखाईएको माहिष्मती राजधानी बनाउनका लागि करीब ४६ करोडको लागत लागेको थियो । र पछि त्यही सेटमा केही नयाँ समान राखेर चलचित्रको अन्य धेरै दृश्यहरूको छायांकन गरिएको थियो ।
तिहार आउदै गरेको र यतिबेला धेरैको छुट्टी हुने भएकोले “फिल्म सिटी” लाई पर्यटकिय आकर्षण गराउनका निमित्त खोलिएको छ । फिल्म सिटीका म्यानेजर पवन कुमार अनुसार दैनिक करीब १० देखि १५ हजारसम्मका पर्यटकहरु आउने गरेको बताएका छन् । रामोजी फिल्मसिटीका उपाध्यक्ष एभी राव भन्छन् “फिल्मसिटीमा ५०० भन्दा बढी सेटहरु रहेको र १ वर्षमा करिब २०० ओटा चलचित्रको शूटिङ हुने गरेको बताएका छन् । यस फिल्मसिटी भित्र एयरपोर्ट, मन्दिर, महल,रेलवे स्टेसन,गाउँ, समुद्र ,बगैंचा,आउटडोर लोकेसन लगायत थुप्रै चलचित्रमा आवश्यक पर्ने कुरहरु पाइन्छ । त्यति मात्र नभई गिनिज वर्ल्ड रेकर्डमा दर्ता पनि भैसकेको यस फिल्मसिटीभित्र बाहुबलीको माहिष्मतीको सेट पनि रहेको छ ।